धरान: २५ औं गोधुली टेष्टी टेष्टी रात्रीकालिन रनिङ कपको सेमीफाइनल समिकरण पुरा भएको छ ।
आज (आइतबार) सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा धरान वडा नं १८ लाई पराजित गर्दै वडा नं १७ सेमीफाइनल प्रवेश गरेपछि समिकरण पनि पुरा भएको हो । वडा नं १७ ले २-१ गोलअन्तरले वडा १८ लाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । यसअघि वडा नं १४, १५ र ५ पनि विजयी हुदै सेमीफाइनल प्रवेश गरिसकेको छ ।
खेलमा अग्रता भने वडा नं १८ ले लिएको थियो । पहिलो हाफको १६ औं मिनेटमा सलोन याक्खाले गोल गर्दै वडा १८ लाई खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको स्थितिलाई उल्टाउदै वडा १७ ले दोस्रो हाफको खेलमा २ गोल गरेको थियो ।
खेलको ४९ औं मिनेटमा कृष्ण राईले बराबरी गोल गरेका थिए भने ७० औं मिनेटमा सुशिल राईले गोल गर्दै वडा १७ लाई विजयी गराए । खेलको म्यान अफ दि म्याच पनि सुशिल नै घोषित हुदै नगद २ हजार र मेडल हात पारे ।
आजको विजेता वडा नं १७ ले पर्सि मंगलबार सेमीफाइनलमा वडा नं १४ को सामना गर्नेछ । प्रतियोगितामा भोली पहिलो सेमीफाइनल खेल वडा नं ५ र वडा नं १५ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ।
भिडियो :