धरान: पिण्डेश्वर मन्दिरमा साउन महिनाभरि लाग्ने बोलबम धार्मिक कार्यक्रमको बिहिबार शुभराम्भ भएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्दिरमा जल अभिषेक तथा बिशेष पूजा गर्दै एक महिने बोलबम धार्मिक कार्यक्रमको शुभारम्भ गरेका हुन् । हिन्दु धर्मावलम्बीहरुको आराध्य देव शिवको प्रिय महिना साउनलाई मानिन्छ । साउन महिनाभर शिवालयहरुमा बेलको पातसँगै पवित्र जल चढाउने परम्परा रहेको छ । धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा पनि जल चढाउन विभिन्न जिल्ला र भारतबाटसमेत लाखौं भक्तजनहरु आउने गरेका छन् । 

छुट्टै विजयपुर विकास समिति गठन गर्न माग

bolbam4

बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले विजयपुर क्षेत्रको मठमन्दिरको विकासको लागि प्रदेश सरकारले छुट्टै विजयपुर विकास समिति गठन गरिदिन मुख्यमन्त्री कार्की समक्ष माग गरेका थिए । हाल पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा र पाञ्चकन्या मन्दिरलाई वृहत्तर बराहक्षेत्र विकास समितिमा राखिएको वनेपालीले बताए । 

उनले मुख्यमन्त्री समक्ष भने,‘त्यहाबाट हटाएर छुट्टै विजयपुर विकास समिति बनाइदिए मात्र यो क्षेत्रको विकास हुनेछ । वृहत्तर बराहक्षेत्रमा राख्दा विजयपुरको मठमन्दिर गौण हुन्छ, तसर्थ, छुट्टै विजयपुर विकास समिति गठन गरिदिन जोडदार माग गर्दछु ।’ 

bolbam2

यस्तै, अध्यक्ष वनेपालीले पिण्डेश्वर मन्दिरमा दर्शन गर्न तुर्के हुदै आउने बाटो जीर्ण रहेकोले स्तरोन्नतीको लागि आवश्यक बजेट विनियोजन गर्न मुख्यमन्त्री कार्की समक्ष माग गरे । वडा र नगरको बाटोले उक्त बाटो निर्माण गर्न सम्भव नभएकोले पनि प्रदेश सरकारले बनाइदिनुपर्ने उनको भनाई थियो । 

साथै उनले कोशी भ्रमण बर्षको अवसरमा कुनै कार्यंक्रम आयोजना गरिदिन, रुद्राक्षरण्य महात्मय किताबको पाण्डुलिपी एउटा मात्र भएकोले प्रदेश सरकारले प्रकाशन गरिदिन र मन्दिरका जीर्णोद्धार गरिदिन पनि अध्यक्ष वनेपालीले आग्रह गरेका थिए । साथै, विजयपुर चोकदेखिको दन्तकाली मन्दिर हुदै पिण्डेश्वर मन्दिर आउने बाटोमा डेढ करोेड बजेट विनियोजन गरिदिएको भन्दै उनले प्रदेश सरकारलाई धन्यवादसमेत दिए । 

सरकारी होइन, नागरिस्तरको विकास समिति बनाउनुस्

bplbam3

मुख्यमन्त्री कार्कीले सरकारको मातहतमा रहने गरि विजयपुर विकास समिति बनाए सरकार जस्तै अस्थीर हुने भन्दै नागरिकस्तरको विकास समिति गठन गर्न सुझाव दिए । नागरिकस्तरको समिति गठन गरेर डिपिआर पनि बनाउन सुझाव दिदै मुख्यमन्त्री कार्कीले नेपाल सरकार, कोशी सरकारलाई जोडृर बजेट ल्याउन र विकास गर्न आफु सदैव साथमा रहने प्रतिवद्धता पनि जनाए । 

‘सरकारले विजयपुर विकास समिति बनायो भने एउटा पार्टीको सरकार हुँदा आफ्नो समिति बनाएको हुन्छ, सरकार फेरियो भने अर्को विकास समिति बनाउछ, टिकाउ हुदैन,’ कार्कीले भने,‘धरानबासीहरु एकमत भएर यहाँका सबै राजनीतिक पार्टीहरु, यहाँका विद्धान प्रवुद्ध व्यक्तिहरु सबै मिलेर वृहत विजयपुर विकास पाँचकन्यादेखि पिण्डेश्वरसम्मको लागि एउटा नागरिक समिति बनाउनुस् ।’

bolbam1

मुख्यमन्त्री कार्कीले उक्त समितिले सरकारको निकायमा दर्ता गरेर यहाँको विकासको लागि डिपिआर बनाउन आग्रह गर्दै भने, ‘त्यसको सम्पुर्ण कामहरु गर्ने कुरामा म मुख्यमन्त्रीमा नहरदा पनि नेपाल सरकार, कोशी सरकारलाई जोडेर बजेट ल्याउने र यसको पुर्ण विकास गर्ने काम सदैव साथमा रहनेछु । यो मेरो प्रद्धिवद्धता रहयो ।’ 

यस्तै, कार्कीले विजयपुर चोकदेखि दन्तकाली हुदै पिण्डेश्वर आउने बाटो बनाउन डेढ करोड विनियोजना गरेको जानकारी दिदै उक्त बजेटमा थप गरेर तुर्केबाट पिण्डेश्वर आउने बाटो पनि केही बर्षभित्र बनाउने प्रतिवद्धता जनाए । साथै, पुराना मन्दिरहरुको साँस्कृतिक, पुरात्तात्विक महत्वपलाई जोगाउदै जीर्णोद्धार गर्नुपर्ने पनि उनको भनाई थियो । 

bolbam3

वृहत कुम्भक्षेत्र विकासको लागि परियोजना तयार भइरहेको बताउदै मुख्यमन्त्री कार्कीले केही बर्षभित्र पिण्डेश्वर अहिलेको भन्दा धेरै राम्रो बनाउने, लाखौं लाखौं धार्मिक पर्यटकहरु आउने धार्मिक, सास्ँकृतिक पर्यटन गर्न आउने ठाउँ बनाउने प्रतिवद्धता पनि जनाए । किरात धार्मिकस्थल माङसेबुङको विकासको लागि पनि गुरुयोजना बनाएर बहुबार्षिक योजना शुरु गरेको जानकारी दिदै मुख्यमन्त्री कार्कीले धार्मिक सँस्कृतिक पर्यटनले विकास, समृद्धिको आधार र रोजगारीको अवसर पनि बन्न सक्ने बताए । 

भिडियो: