धरान: खानेपानीको महशुल अत्यधिक वृद्धि गरिएपछि धरानका राजनीतिक दलहरु विरोधमा उत्रिएका छन् । खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले एकल निर्णयबाट महशुल अत्यधिक वृद्धि गरेको भन्दै विभिन्न १० राजनीतिक दलहरु विरोधमा उत्रिएका छन् । उनीहरुले शुक्रबार खानेपानी व्यवस्थापन बोर्डमा ३ बुँदे ...
धरान: बस र विमान दुर्घटनामा ज्यान गुमाएका मृतकहरुप्रति नेपाल विद्यार्थी संघले बिहिबार साँझ धरानको भानुचोकमा शोकसभा तथा दिप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । सुनसरीका विभिन्न चार क्याम्पस ईकाई कमिटीले धरानको भानुचोकमा संयुक्तरुपमा दिप प्रज्वलन गरि श्रद्धाञ्जली कार्यक्रम गरेको हो । ...
धरानः नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान लिएर घरदैलो शुरु गरेको छ । कांग्रेसले ४२ औं वी.पी. स्मृति दिवसको अवसर पारेर अभियान मार्फत घरदैलो शुरु गरेको हो । धरान १९ वाट शुरु भएको अभियानसंगै गरिएको घरदैलोमा कागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता लगायतका विभिन्न जातका फलफुलका विरुवाहरु ...
धरान: धरान वडा नं १३ स्थित खहरे खोलामा लगाएको ग्याबिङ जालीबारे यथार्थ नबुझी अभिव्यक्ति दिएका लिला बुढाथोकी र गोविन्द श्रेष्ठले वडाअध्यक्ष नेत्र काफ्लेसँग माफी मागेका छन् ।बुढाथोकी र श्रेष्ठ दुवैले खोलामा ६० लाख बजेट खन्याएर भ्रष्टचारको आरोप वडाअध्यक्ष काफ्लेलाई लगाएका थिए । श्रेष्ठले अध्यक्षलाई घिसा ...
धरान: स्वतन्त्र नागरिक समाज धरानका उपाध्यक्ष समिर तामाङ भानुचोकबाट पक्राउ परेका छन् ।प्रहरीको फरार सुचीमा रहेका तामाङ आफै गिरफ्तारी दिने घोषणा गरेर दिउँसो ३ बजे भानुचोक पुगेका थिए । उनी विरोधसभामा बोलिरहेको बेला प्रहरी आएर पक्राउ गरेको थियो । उनीविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा रहेको जिल्ला प्रह ...
धरान: करार तथा अस्थायी सेवामा रहेका कर्मचारीहरुलाई विदा गर्नेबारे कार्यपालिकामा सहमति जुटेसँगै आज धरान उपमहानगरपालिकाको १५ औं नगरसभा हुने भएको छ ।नगरसभा दिउँसो ३ बजे उपमहानगरपालिका प्रांगणमा नै राखिएको छ । यसअघि असार १० गते सैनिक भवन र असार ३१ गते वीपी प्रतिष्ठानको अडोटरियम हलमा आह्वान गरिएको नगरसभा ...
धरान: ४२ औं वीपी स्मृति दिवसको अवसर पारेर धरान २० स्थित वीपी स्मृति पार्कमा सरसफाई कार्यक्रम भएको छ ।नेपाली कांग्रेस, वीपी चिन्तन प्रतिष्ठान र भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको सहभागितामा पार्कको सरसफाई भएको हो । नेपालका प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको साउन ६ गते ( ...
धरान: दुई पटक प्रयास गर्दा पनि हुन नसकेको धरान उपमहानगरपालिकाको १५ औं नगरसभा आइतबार हुने भएको छ ।आइतबार दिउँसो ३ बजेको लागि उपमहानगरपालिकामै नगरसभा हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले उपमेयर, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई पत्राचार गरेका छन् । उक्त पत्रमा पहिलो एजेण्डाकोरुपमा आर ...
धरान: नेपाल विद्यार्थी संघको सुनसरी जिल्ला कार्यसमिति विस्तार गरिए पछि विवाद सृर्जना भएको छ । जिल्ला कार्यसमितिले मनोमानी गरेको भन्दै त्यसविरुद्ध संघर्ष समितिसमेत गठन भएको छ । असार २४ गते सुनसरी जिल्लाभित्रका विभिन्न क्याम्पस ईकाई, क्याम्पस स्ववियु, नगर, क्षेत्र समितिका पदाधिकारी तथा सदस्यहरुको ...
धरान: महिला पत्रकार सञ्जिता धमलाविरुद्ध आइतबार धरानमा र्याली र नाराबाजी भएको छ । पहाडबाट पढ्न धरान आएका छात्राहरु पार्ट टाइम यौनधन्दा गरिरहेको भन्ने अभिव्यक्ति दिएकी पत्रकार धमलालाई कारबाही गर्न माग गर्दै महिलाहरुले नै र्याली निकालेका हुन् । उनीहरुले शनिबार साँझ पनि ईलाका प्रहरी कार्यालय धरानमा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित