धरान: नेपालमा पहिलो पटक आयोजना भएको स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगितामा राहुल लिम्बु प्रथम भएको छ । चतरा हाईकिङ ग्रुपले सुनसरीको बराहक्षेत्र नगरपालिकामा आयोजना गरेको प्रतियोगितामा स्थानीयबासी लिम्बु प्रथम भएका हुन् । वडा नम्बर १ स्थित सुनसरी मोरङ्ग …
धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न १ मा अवस्थित चतरा नहरमा पहिलोपटक स्टोन स्किपिङ खेल आयोजना हुने भएको छ । युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नाराका साथ हुन लागेको यो खेललाई नेपालीमा 'पानी सुल्के' पनि भनिन्छ । तिहारको गोबर्धन पुजाको दिन बिहान …
धरान: नेपालकै धेरै सहभागी हुने दौड धरान १० के नेवा च्यारिटी रनको १२ औं सँस्करण आगामी फागुन १२ गते हुने भएको छ । आयोजक धरान रनले आज (बुधबार) पत्रकार सम्मेलन गर्दै दौड आयोजनाको मिति सार्वजनिक गरेको छ । यो सँस्करणमा ३ हजार सहभागी हुने अनुमान गरिएको छ । सोही …
धरान: १८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप २०८० आगामी मंसिर १५ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक डिपो मावि धरान १८ ले सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर १५ गते शुक्रबारदेखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । विद्यालयका प्राचार्य …
धरान: नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा सुनसरी बास्केटवल संघ र नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिमले शनिवार मैत्रीपुर्ण बास्केटवल खेलेको छ । सुनसरी बास्केटवल संघद्धारा आयोजित दशैं, तिहार र छठ पर्वको अवसरमा सुभकामना आदनप्रदान कार्यक्रम …
धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन् । धरान रन र नेपाल रन युकेको संयुक्त आयोजनामा शनिबार भएको रेसमा पुरुषतर्फ निर्धारित २१ किलोमिटरको दुरी बस्नेतले १ घण्टा ३२ …
धरान: धरान १६ स्थित रंगशालालाई सुविधा सम्पन्न बनाउन निर्माण कार्य थालेको बषौं बितिसक्यो, तर अझै पुर्णता पाउन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद मातहतको उक्त रंगशालालाई चाडो पुर्णता दिन कुनै पनि निकायले ध्यान दिएको देखिदैन । राष्ट्रिय, अन्तराष्ट्रियस्तरको …
धरान: चीनको हाङझाउमा १९ औं एसियाली खेलकुद जारी छ । नेपाली क्रिकेट खेलाडीहरुले विश्व किर्तिमान बनाएर चर्चामा आएपनि पदकमा भने नेपालको निराशाजनक अवस्था छ । हाङझाउ एसियाली खेलकुदमा नेपालबाट गल्फ खेल्न ६ जना गल्फ खेलाडीहरु गएका थिए । ती मध्ये २ जना धरानका युवा …
धरान: प्याब्सन एन्फा प्रेसिडेन्ट कप जिल्लास्तरीय अन्तर विद्यालय फुटबल लिग प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कुल बराहक्षेत्र विजेता भएको छ । प्रतियोगिताको फाइनल चरणको अन्तिम खेलमा हिमशिखर बोर्डिङ स्कुल तरहरालाई १–० गोलले हराउदै कुल ९ अंकका साथ विजेता भएको हो …
धरान: जिल्ला बास्केटवल संघको नेतृत्वमा नारायण सुवेदी दोहोरिएका छन् । संघको पाँचौं अधिवेशनबाट सुवेदीको अध्यक्षतामा कार्यसमिति निवार्चित भएको छ । सुवेदी सर्वसम्मतरुपमा दोस्रो कार्यकालको लागि चुनिएका हुन् । धरान १० नम्बर वडा कार्यलयको सभा हलमा आयोजित अधिवेशनले …