धरान: निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई राहत वितरण गरिएको छ । धरान उप–महानगरपालिका भित्र संचालनमा रहेका निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई राहत वितरण गरिएको हो । पदम मेमोरियल बोर्डिङ स्कुलकी सहायक प्रिन्सिपल पुष्पा फोम्बोको पहलमा आज शुक्रबार ८२ ...
सुनसरीः शैक्षिक सत्रको ६ महिना बित्न लाग्दा समेत विद्यालय खुल्ने तयारी नहुँदा विद्यार्थी अन्यौलमा परेका थिए । सुनसरीमा विद्यालय खुल्ने भएपछि विद्यालय शिक्षाबाट वञ्चित रहेका विद्यार्थी हर्षित भएका छन् । सुनसरीको रामधुनी नगरपालिकास्थित चन्द्रकमल माविका विद्यार्थी सौगात भुुजेलले कोरोना नलागेका ठाउँमा ...
धरान: निजी तथा संस्थागत विद्यालयहरुले गत बैशाखदेखि नै मासिक शुल्क र बार्षिक शुल्कको नाममा भर्ना शुल्क तिर्न अभिभावकहरुलाई दबाब दिएकोप्रति नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई समितिका कार्यवाहक सभापति दोर्ची शेर्पाले विज्ञप्ती जारी गर्दै लक ...
धरान: अनलाइन कक्षाको शुल्कबारे धरान उपमहानगरपालिकामा हिजो आइतबार अभिभावकका प्रतिनिधिसहितको बैठक पनि निष्कर्षविहिन भएको छ । करिब ४ घण्टासम्म चलेको बैठकमा अभिभावक र निजी विद्यालयका सञ्चालकहरुको आआफ्नै अडानको कारण निष्कर्षविहिन भएको हो । अभिभावक र विद्यालय सञ्चालकहरुबीच शुल्कको द्धन्दले शिक्षकहरुको तलब ...
धरान: निजी तथा संस्थागत विद्यालयमा कार्यरत प्रदेश १ का शिक्षक, कर्मचारीहरुले शनिबार इटहरीमा प्रर्दशन गरेका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन(प्याब्सु) र संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन(इस्टु)को प्रदेश समितिले विरोध कार्यक्रम आयोजना गरेको हो । शिक्षा क्षेत्रमा देखिएको ...
विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विद्यालय शिक्षा सुधारका लागि प्रविधिमैत्री शिक्षण सिकाई आवश्यक भएको बताएका छन् । सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साँझेदारीमा सञ्चालित सूचना प्रविधि सम्बन्धी अनलाईन शिक्षक तालिमको आज शुभारम्भ गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । विद्यालय, ...
धरान: लामो छलफल भइरहदा पनि निजी तथा संस्थागत विद्यालयहरुको अनलाइन कक्षाको शुल्कबारे उपमहानगरपालिकाले ठोस निर्णय गर्न सकेको छैन । निर्णय गर्न ढिलाई हुँदा विद्यालय सञ्चालक र अभिभावकहरु शुल्क कति र कहिलेदेखिको लिने भनेर अन्योलमा छन् भने शिक्षकहरुको तलब अनिश्चित बनेको छ । गएको चैतदेखि लकडाउनले विद्यालय ...
धरान: निजी विद्यालयहरुमा अनलाइन कक्षाको शुल्कबारे जारी छलफलमा अभिभावकहरुको पनि प्रतिनिधित्व गराउन माग गर्दै अभिभावकहरुले धरान उपमहानगरपालिकामा दबाब दिएका छन् । आज धरानका विभिन्न विद्यालयका अभिभावकहरुले प्ले कार्डसहित गएर उपमहानगरपालिकालाई दबाब दिएका हुन् । उनीहरुले शुल्क निर्धारणबारे निर्णय गर्न ढि ...
विराटनगरः भारतीय सीमासँग जोडिएको मोरङ जिल्लामा दशैँअघि कुनै पनि हालतमा विद्यालय खुलाउन नसकिने प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताएका छन् । उनले विद्यालय खुलाउन सामुदायिक र सँस्थागत सँचालक समितिबाट प्रेसर आउन थालेको बन्दै प्रशासनले जोखिमपुर्ण स्थानमा थप जोखिम निम्तयाउने कामका लागि अनुमती नदिने ...
धरान: स्थानीय सरकार र अभिभावकहरुबाट तीब्र दबाब परेपछि विद्यालयको शुल्क निर्धारणबारे धरानका निजी विद्यालयहरुले संयुक्त कार्यदल गठन गरेका छन् । आज सोमबार धरानका ५ दर्जन बढी विद्यालय सञ्चालकहरुको भेलाले शुल्क निर्धारणबारे स्थानीय सरकारसँग वार्ता गर्न एक कार्यदल गठन गरेको हो । भेलामा प्याब्सन र एन प्या ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित