विराटनगर: प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
विराटनगरः भारतसँग सीमा जोडिएको मोरङमा खुलेआम रुपमा दुई देशका नागरिक आवत जावत गरिरहेका छन् । भारतमा कोराना संक्रमणको दर दिनदिनै उच्च बनिरहेको बेला विराटनगरको रानी नाकाको मुख्य मार्गमा गेट बन्द भएपनि लुकिछिपी किनमेलका लागि भारतीय बजार जोगवनी गएर फर्किने नेपालीको सख्या उल्लेख्य छ । यता प्रहरी प्र ...
धरान: पछिल्लो समयमा भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि नेपालमा संक्रमण दर बढ्नसक्ने भएकोले विज्ञहरुले सचेत गराइरहेका छन् । खास गरि सिमावर्ती जिल्लाहरुमा हुने आवतजावतलाई अझै कडाई गर्नुपर्ने उनीहरुको सुझाव छ ।सुनसरी पनि भारतसँग सिमा जोडिएको जिल्ला हो । भारतमा फैलिएको संक्रमण असर यो जिल्लाम ...
धरान: इन्टरनेट सेवाको सुधार सम्बन्धी गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न चौतर्फी दबाब परेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।प्रतिष्ठानले ४ दिनअघि सुविसु केवल नेटवर्क प्रालिलाई स्पष्टीकरण सोधेको हो । 'सुविसुलाई किन कारबाही न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विद्युत महशुल र इन्टनरनेटमा आर्थिक अनियमितता भएको निष्कर्षसहितको छानबिन प्रतिवेदन गुपचुप राखिएको छ । विजुलीको महशुलमा प्रतिष्ठानकै कर्मचारीले हिनामिना गरेको छानबिन समितिको प्रतिवेदन एक बर्षदेखि उपकुलपति कार्यालयमा थन्किएको छ भने इन्टरनेट से ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डौं विश्वविद्यालय(केयु)बीच भएको गोप्य सहमतिको प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरुले चर्को विरोध गरेका छन् । प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बस्नु अघि आज बिहान उपकुलपति कार्यालयअघि विरोध कार्यक्रम गर्दै उनीहरुले विरोध जनाएका हुन् । बुधबार शि ...
धरान: आजदेखि सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ बर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर यो अभियानको शुरुवात हुनेछ । ज्येष्ठ नागरिकहरुलाई उच्च जोखिम हुनाले प्राथमिकता दिएर खोप लगाउने सरकारले निर्णय गरेको हो । सोह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तराष्ट्रिय मापदण्ड अनुसार प्रयोग हुने मृत शरीरलाई संरक्षण गर्न स्याचुरेटेड साल्ट सोलुसन(एसएसएस) विधि सफल भएको छ । आज विहिबार प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरू प्रसाद खनालको उपस्थितीमा एनेटमी विभागका एसोसि ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सा तथा दन्तचिकित्स शिक्षण कल्याण समाज र व्यवस्थापन पक्षबीच सहमति भएको छ । आज दुवै पक्षबीच भएको वार्तामा सहमति जुटेपछि समाजले उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा गरेको तालाबन्दी पनि खुलेको छ । आज समाजको नेतृत्वसँग प्रतिष्ठानका ...
धरान: कोरोनाविरुद्धको खोप लगाउनेको संख्या धरानमा न्युन भएको छ । पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेका १६ सय जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । तर, तीन दिनमा लक्ष्य अनुसार खोप लगाउन नआए पनि आज थप एक दिन समय थपिएको थियो । थप गर्दा पनि अपेक्षा अनुसार खोप लगाउनेको संख्या वृद्धि हुन सकेन । धरान १ छ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित