धरान: कोरोना संक्रमणबाट धरानकी एक युवतीको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा धरान १९ की ३४ बर्षीया युवतीको मृत्यु भएको हो । उनको उपचारको क्रममा हिजो राती ८ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मृतकलाई ...
धरान: धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्रको करिब १८२ बिघा जग्गा सरकारको नाममा आएको छ, तर अझै ठुलो मात्रामा जलाधारको जग्गा सरकारीकरण गर्न बाँकी छ । मालपोत कार्यालयका अनुसार स्रेस्ता फेला नपरेको र भुमाफियाले अतिक्रमण गरेर किनबेच भइसकेको जग्गा अझै पनि सरकारको नाममा ल्याउन बाँकी नै छ । म ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित एक १७ बर्षीय किसोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको गढी गाउँपालिका वडा नं १७ का १७ बर्षीय किसोर छन् । उनको कोभिड अस्पतालमा आज बुधबार साँझ ५ बजेर १० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका स ...
धरान: कोरोना संक्रमण पछि उपचारको क्रममा धरानकी एक महिलाको मृत्यु भएको छ । धरान १५ की ४० बर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार आज बिहान ८ बजेर ५० मिनेटमा उनको मृत्यु भएको थियो । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनु ...
धरान: धरान ८ तीनकुनेबाट प्रतिबन्धीत औषधीसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । उनलाई हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेको टोलीले पक्राउ गरेको हो । उनको साथबाट प्रतिबन्धीत औषधी स्पास्पेन-१५०० ट्यव्लेट र ट्रामोल ५०-१५०० ट्याव्ल ...
विराटनगर: जिल्ला प्रहरी कार्यालय ईलाममा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक तामाङलाई असारको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको, कर्तव्य ज्यान म ...
झापा: श्रीमति हत्या गरेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । झापाको गौरादह १ सितल चौकका ३९ बर्षीय सजिलाल रिख्यासनलाई प्रहरीले श्रीमति हत्या अभियोगमा पक्राउ गरेको हो । उनले आफ्नै श्रीमति संगीता टुडुलाई असार ३१ गते कुटपिट गरेर हत्या गरेको प्रहरीको भनाई छ । मोरङको रंगेली ९ सखुवाथान घर भए पनि ...
संखुवासभा: भोजपुरको साल्पासिलिचो गाउँपालिका ४ घर भई बिगत ३ बर्षदेखि तुम्लिङटार क्षेत्रमा बसोबास गर्ने २५ बर्षीय युवराज राई हत्याको आरोपमा पक्राउ परेका छन् । असार ३० गते खाँदवारी नगरपालिका ९ का ४७ बर्षीय लक्ष्मण कुमाल आफ्नै घरमा मृत फेला परेका थिए । उक्त घटनाको अनुसनधानको क्रमा जिल्ला प्रहरी कार ...
धरान: धरानमा २ जना युवाले झुण्डिएर आत्महत्या गरेका छन् । धरानको वडा नं १९ र १५ का दुई युवाले झुण्डिएर आत्महत्या गरेका हुन् । दुवै घटनाको कारण खुलिसकेको छैन । ईलाका प्रहरी कार्यालय धरानका अनुसार हिजो आइतबार राती धरान १९ का २० बर्षीय विमल ल्वागुन घरकै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । आमा बुबा माव ...
ओखलढुङगा: मामा घर आएकी ४ बर्षीय बालिकाको जलेर मृत्यु भएको छ । सिन्धुलीको फिक्कल ५ बाट ओखढुंगाको मानेभञ्ज्याङ ६ स्थित माइती आएकी समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको मामा घरमा जलेर मृत्यु भएको हो । मामा घरमा रहेको गाईगोठमा आज दिउसो १ बजे आगलागी हुँदा बालिकाको जलेर मृत्यु भएको हो । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित