धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लबले सानदार जित हासिल गरेको छ ।

आज धरान १६ स्थित रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा भारत कलकत्ताको सन डे एफसिलाई ६–१ को फराकिलो गोलअन्तरले हराउदै मछिन्द्र सेमीफाइनल प्रवेश गरेको छ । मछिन्द्रको जितमा चर्चित खेलाडी विमल घर्तिमगरले ह्याट्रिक गरे । उनले खेलमा पहिलो हाफको २० औं मिनेट र दोस्रो हाफको ७९ औं र ८७ औ मिनेटमा गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक गरे ।

budha-subba 2

मछिन्द्रको लागि थप २ गोल पहिलो हाफको २८ औं मिनेट र दोस्रो हाफको ७३ औं मिनेटमा विशाल राई बिले गरेका थिए भने दोस्रो हाफको ४९ औं मिनेटमा रेजिन सुब्बाले पनि मछिन्द्रको लागि गोल गरेका थिए । कलकत्ताको लागि एक मात्र सान्त्वना गोल दोस्रो हाफको ८२ औं मिनेटमा सञ्जिव बौरीले गरेका थिए ।

खेलको म्यान अफ दि म्याच मछिन्द्रका विमल मगर घोषित हुदै नगद १५ हजार हात पाए भने वेष्ट गोलको पुरस्कार नगद ५ हजार कलकत्ताका सञ्जिव बौरीले पाए । प्रतियोगितामा भोली बुधबार पहिलो सेमीफानल खेल हुनेछ । पहिलो सेमीफाइनल खेल मनाङ मस्र्याङदी क्लब र युनाइटेड कर्साङ भारतबीच हुनेछ ।

IMG_4836 IMG_4854