धरान: धरानमा जारी २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगितामा आज पहिलो सेमीफाइनल खेल हुदैछ ।

धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा आज पहिलो सेमीफाइनल खेल नेपालको चर्चित क्लब मनाङ मस्र्याङ्दी र पहुना टोली युनाइटेड कर्साङबीच हुदैछ । कर्साङले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरानलाई टाइ्रब्रेकरमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको थियो । निर्धारित समयको खेल एक एकको बराबरी भएपछि टाइब्रेकरमा कर्साङले धरानलाई ४–२ ले हराउदै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।

यस्तै, प्रतियोगिताको दोस्रो खेलमा मनाङले बेलबारी फुटबल क्लबलाई पराजित गर्दै सेमीफाइलन प्रवेश गरेको थियो । उक्त खेलमा मनाङले बेलबारीलाई ४–० गोलअन्तरले हराएको थियो । मनाङ बुढासुब्बाको तीन पटकको विजेता टोली हो । आजको पहिलो खेल निक्कै रोमाञ्चक हुने अनुमान गरिएको छ । दिउँसो तीन बजे शुरु हुने खेलमा स्कुल ड्रेमा खेल हेर्न जाने स्कुलका विद्यार्थीहरुलाई ५० रुपैया मात्र टिकट शुल्क लाग्नेछ । अरुलाई भने सेमीफाइनल खेलको टिकट २ सय रुपैया लाग्नेछ ।