धरान:२२ औं बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको उत्कृष्ट समाचार लेखेर प्रचारप्रसारमा योगदान पुर्याएका दुई पत्रकार पुरस्कृत भएका छन् ।

आयोजक धरान फुटबल क्लबद्धारा शनिबार गोल्डकपको समापन समारोहमा पत्रकारद्धय प्रदीप मेन्याङ्बो र शिशिर राई पुरस्कृत भएका हुन् । उनीहरुलाई आयोजकले जनही नगद १० हजारसहित पुरस्कृत गरेको हो । समापन समारोहका प्रमुख अतिथि एवं प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुवैलाई नगद हस्तान्तरण गरेका थिए ।

8

पत्रकार मेन्याङ्बोलाई छापा माध्यमतर्फबाट छनौट गरेर पुरस्कृत गरिएको हो भने राईलाई इलेक्ट्रोनिक्स मिडियातर्फबाट छनौट गरेर पुरस्कृत गरिएको हो । मेन्याङ्बो कान्तिपुर दैनिकमा कार्यरत छन् भने राई रेडियो धरानमा कार्यरत छन् । आयोजक क्लबले पत्रकार महासंघसँग समन्वय गरेर छनौट समितिमार्फत हरेक बर्ष दुई पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।