धरान: कोशी अस्पताल विराटनगरबाट धरान रेफर भएका विरामी हिजो शुक्रबार आफ्नो घरमै क्वारेन्टाइनमा बस्ने भनेर गएका थिए । तर, उनी केही बेरअघि एक्कासी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आइपुगे ।

रेफर भएका विरामी सम्बन्धित हस्पतालमा पुग्नु राम्रो होे । तर, विश्वव्यापीरुपमा फैलिरहेको कोरोेनाको आशंकामा थप उपचारको लागि पठाइएका ती व्यक्ति आज बिहान सार्वजनिक बसमा धरान आएकोमा वीपी प्रतिष्ठानका चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । हुन त ती व्यक्तिमा कोरोनाको लक्षण देखिएको छैन । साथै, कोरोना भएको पुष्टि हुने थ्रोट स्वाब पनि लिएर जाँच गर्न बाँकी नै छ ।

corona-bp4

तर, उनी पछिल्लो १४ दिनभित्र विदेशबाट आएको हुनाले क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्ने भन्दै कोशी हस्पिटललले धरान पठाएको हो । ‘उहाँ कोशी अस्पतालबाट रेफर भएर आउनु भएको हो, धरानसम्म बसमा आउनु भयो, यो हाम्रो लागि चिन्ताको बिषय हो,’डा.ज्ञानेन्द्र मल्लले भने,‘उहाँको थ्रोट स्वाब लिन बाँकी छ, पछि त्यसको रिपोर्ट पोजेटिभ आयो भने त सबै यात्रुहरुलाई खोज्नुपर्ने हुन्छ ।’

 वीपी प्रतिष्ठानस्थित कोरोना र्यापिड रेस्पोन्स टिमका सदस्य एवं इर्मेजेन्सीका इञ्चार्ज डा.मल्लले कतैबाट वीपीमा शंकास्पद विरामी रेफर गर्नुअघि आवश्यक समन्वय गर्न पनि आग्रह गरेका छन् । ‘यहाँ रेफर हुनुअघि हामीसँग सम्पर्क हुनुपर्छ, हामी यहाँ तयारी अवस्थामा रहन्छौं,’डा.मल्लले भने,‘यो तरिकाले त हुदैन ।’

घरमै फर्कने, भोली मात्र थ्रोट स्वाब लिइने

डा.मल्लका अनुसार प्रतिष्ठानको हेल्प डेस्कमा आवश्यक सबै जाँच गर्दा विदेशबाट आएबाहेक ती व्यक्तिमा अन्य केही पनि लक्षणहरु नदेखिएको बताए । उनी करिब ७ दिनअघि मात्र साउदीबाट आएका हुन् । आइसोलेसनमा बस्न आग्रह गरे पनि घरमै जाने भनेकोले भोली आइतबार थ्रोट स्वाबको लागि वीपी आउने गरी घर पठाउने डा.मल्लले बताए । ‘सार्वजनिक बस चढ्दैनौं, घरमै जान्छौं भनेकोले भोली स्वाब लिने गरी पठाउछौं,’डा.मल्ले भने,‘सार्वजनिक बस प्रयोग नगर्ने भनेका छन् ।’

corona-bp3 corona-bp corona-bp1 corona-bp2