धरान: हरेक शनिबार बिहान ७ बजे आयोजना हुदै आएको धरान रन पहिलो पटक रोकिएको छ ।

साप्ताहिकरुपमा आयोजना हुदै आएको धरान रन कोरोना भाइरस(कोभिड १९) संक्रमणको जोखिमबाट जोगिनको लागि आज(शनिबार) रोकिएको हो । धरान रनको आज ४६२ औं हप्ता थियो । धरान रनमा दौडिनको लागि नियमित सहभागीहरु जम्मा भएपनि आज दौड नगरिएको धरान रनका अध्यक्ष रोमु राईले जानकारी दिए । उनका अनुसार अब सहज वातावरण नभएसम्म धरान रन आयोजना हुने छैन । धरान रन दशैं तिहार, बर्षातको बेला पनि रोकिएको थिएन । ‘धरान रनको आज ४६२ हप्ता दौड विना सम्पन्न भयो, कोरोनाबारे जनचेतनामुलक कार्यक्रम गर्यौं,’अध्यक्ष राईले भने,‘अर्को सुचना नआएसम्मलाई धरान रन रोकेका छौं ।’

सरकारले कोरोना संक्रमणको जोखिम बढ्न नदिन २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ भने भिडभाड हुने कार्यक्रमहरुमा पनि बन्देज गरेको छ । हरेक साता धरान रनमा युवा, वृद्धा तथा केटाकेटीहरु दौडने गरेका छन् । आज दौड आयोजना नगरी सहभागीहरुलाई कोरोनाबारे सचेतना कार्यक्रम गरिएको थियो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टरहरु डा.प्रमोद वराल, डा.सपना कोइराला, डा.समिर चौधरी, डा.अनिमेष दाहाल र डा.राधा चौधरीले सहभागीहरुलाई कोरोना भाइरसबाट जोगिने उपाय, हात साबुन पानीले धुने तरिकाहरुबारे जानकारी गराएका थिए ।

dharan-run8

dharan-run10 dharan-run6 dharan-run7 dhrn dharan-run13 dharan-run3 dharan-run-dr1 dhrn-run-dr dhrn-run-dr4 sameer