धरान: मुलुक एक साताको लागि लकडाउनको अवस्थामा छ । त्यसैले धरानमा पनि स्वतः लकडाउन हुने नै भयो । अझ धरानमा त औषधी पसलबाहेक सबै बन्द गरिएको छ । र, पनि दिउँसो लकडाउन उल्लंघन गर्ने डेढ सयभन्दा बढी मानिसहरु प्रहरी नियन्त्रणमा दिनभर रहे । उनीहरुलाई साँझ पुनःलकडाउन उल्लंघन नगर्ने सर्तमा छोडियो ।

केहीलाई छोडेर दिउँसो धरानमा लकडाउनको पालना भएको आभास भयो । तर, साँझ धरान कस्तो होला ? सरकारले घोषणा गरेको लकडाउन त चौबिसै घण्टा समयको लागि हो । आज साँझ धरानको प्रमुख चोकहरु एक फन्का मार्दा भानुचोक लगायत बजार क्षेत्रमा साँझ पनि लकडाउन कायमै देखियो । तर, भित्रि चोकहरुमा भने केही पसलहरु आधा मात्र भए पनि खुलेका थिए । ती पसलमा केही संख्यामा उपभोक्ताहरु पनि देखिए ।

IMG_9701.psd

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले लकडाउन दिनभरको लागि मात्र नभएर साँझ, रातीको समयको लागि पनि हो । तर, साँझ सर्वसाधारणहरुलाई केही उपभोग्य सामान खरीद गर्ने हुनाले केही खाद्यान्न र तरकारी पसलहरु खुलेको हुनसक्ने बताए । ‘तर, होटल रेष्टुरेष्टलगायत साँझ, राती खुल्दैन,’डिएसपी न्यौपानेले भने ।

IMG_9705.psd IMG_9716.psd railway chok IMG_9710.psd IMG_9707.psd IMG_9713.psd IMG_9681.psd IMG_9691.psd IMG_9697.psd IMG_9692.psd