धरानः धरान १३ स्थित संघीय प्रहरी इकाई कार्यालय परिसरमा रहेको कभर्ड हललाई पनि क्वारेन्टाइनमा परिणत गरिएको छ ।
नेपाल प्रहरीको पहल र १३ नम्बर वडा कार्यालयको आवश्यक सहयोगमा कभर्ड हललाई क्वारेन्टाइनमा परिणत गरिएको हो । कोरोना भाइरस(कोभिड १९)को सम्भावित जोखिमको अवस्थालाई ध्यान दिदै १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेहरुको लागि तयार गरिएको हो । यो क्वारेन्टाइन १० बेडको रहेको छ । यो क्वारेन्टाइनको लागि वडा नं २ का वडा सदस्य धर्म तामाङ र मुकेश अग्रवालले २२ थान कम्बल, १० थान डसना र १० थान सिरानी सहयोग गरेको वडाअध्यक्ष नेत्र काफ्लले जानकारी दिए । ‘कसैलाई क्वारेन्टाइनमा राख्नुपर्ने भयो भने यहाँ ल्याइन्छ,’काफ्लेले भने ।
क्वारेन्टाइनमा रहेकाहरुलाई खाने व्यवस्थान १३ नम्बर वडा कार्यालयले गर्ने भएको छ भने वडाअध्यक्ष काफ्लेले आफ्नो व्यक्तिगततर्फबाट १० हजार रुपैयामा पनि उपलब्ध गराएका छन् । अन्य संघसंस्थाहरुले पनि क्वारेन्टाइनका लागि सहयोग गरेका छन् भने विभिन्न संस्था, समुहहरुलाई उपयोग गरिएको अध्यक्ष काफ्लेले बताए । ‘क्वारेन्टाइनमा बस्नेलाई वडाकोतर्फबाट खाद्यान्न उपलब्ध गराउने भनेकय छौं,’उनले भने ।