इटहरीः इटहरीको गोखरा डिपार्टमेन्ट स्टोरले अनलाइन अर्डर शुरु गरेको छ ।

घरै बसेर सामान अडर्र गर्ने र घरघरै सामान पुर्याउने व्यवस्था शुरु गर्न लागेको हो । इटहरी उपमहनगरपालिकाको आग्रहमा, स्थानीय प्रशासन र व्यवसायीहरुसँगको छलफलपछि डिपार्टमेन्टले होम डेलिभरी सेवा शुरु गर्ने जानकारी दिएको छ । डिपार्टमेन्टका संचालक वलराम आचार्यले न्युनतम ५ सयको सामान अनलाइन डेलिभरी गर्नुपर्ने जानकारी दिएका छन् । जसकय लागि तीन वटा हटलाइन नम्बर सार्वजनिक गरिएको छ । डिपार्टमेन्टका अनुसार १५ गते देखि शुरु गर्ने सेवामा १, २, ३, ४ र ५ नम्बर वडाका स्थानीयलाई सेवा प्रवाह गरिनेछ भने चैत १६ गते ६, ७, ८ , ९ र १० नम्बर वडाका स्थानीयलाई सेवाखुल्लागरिने छ । चैत १७ र १८ गतेसम्मका लागि बाँकी २० नम्बर वडाका लागि सामान अडर गर्ने समय राखिएको छ ।

gurkha-department

डिपार्टमेन्टका अनुसार विहान ९ बजे देखि ३ बजेसम्म अतिआवश्यकीय सामान मात्र अडर टीपाउनु पर्नेछ । इटहरी उपमहानगरपालिका क्षेत्रभित्र घरमै पुर्याउने काम डिपार्टमेन्टले गर्नेछ । यसकालागि स्थानीय पालिका र प्रशासनले सहयोग पुुर्याउने छ । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जनताले अत्यावश्यक वस्तुको आपुर्ति सहज बनाउन यो उपाय उचित भएको बताइन् । ‘व्यवसायीसँगको छलफल पछि धेरै मानिस जम्माहुने भयपनिनहुुने र घरमै बसेर जनताले अत्याश्वयक सामानपाउने व्यवस्था गरेकाहौँ । यो क्रम निरन्तर चल्छ,’गौतमले भनिन् ।

इटहरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेलले बजारको आपुर्ती व्यवस्थालाई सहज बनाउन व्यवसायी संघ जिम्मेवार भएको प्रतिक्रिया दिएका छन् । उनले बजारमा कुनै कृतिम अभाव हुन नदिने र नागरिकको अत्यावश्यकीय सामानको आपुर्तीमा व्यवसायी जुट्ने जानकारी दिए ।