धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर प्रसिद्ध धार्मिकस्थल हो । यो मन्दिरप्रति आम मानिसहरुको ठुलो आस्था छ । अरुबेला दिनहुँ दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुको भिड लाग्ने यो मन्दिर ३ दिन यता भने सुनसान छ ।

स्थानीय व्यवसायी लक्ष्मण श्रेष्ठका अनुसार बुढासुव्वामा दर्शन गर्न र पुजा गर्न दैनिक एक हजारदेखि १५ सयको संख्यामा दर्शनार्थीहरु आउथे । तर, अहिले विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड १९)को महामारीलाई रोक्नको लागि सरकारले लकडाउन घोषणा गरेसँगै बुढासुव्वा मन्दिर सुनसान छ ।

IMG_9817.psd

मन्दिर क्षेत्रमा पुजा सामग्रीको व्यवसाय गरेर गुजारा गरिरहेको परिवारलाई पनि लकडाउनले आर्थिकरुपमा प्रभाव पारेको छ । यो बुढासुव्वा मन्दिर वरिपरी मात्र करिव ३२ वटा साना ठुला पसलहरु सञ्चालनमा छन् । अधिकांशका परिवार यही व्यवसायमा निर्भर भएको धरान वडा नम्बर १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउँछन् । लकडाउनले बुढासुब्बासँगै विजयपुर डाँडाका अन्य मन्दिरहरु पिण्डेश्वर र दन्तकाली मन्दिर समेत सुनसान छ ।

IMG_9725.psd IMG_9733.psd IMG_9737.psd IMG_9763.psd IMG_9757.psd IMG_9772.psd IMG_9761.psd IMG_9779.psd IMG_9822.psd IMG_9811.psd IMG_9765.psd