धरानः बढ्दो अनलाइन शिक्षाले विद्यार्थीलाई सहयोग होइन, नोक्सान पुर्याउने भन्दै विज्ञहरुले अभिभावक र शिक्षकलाई यसतर्फ सचेत रहनुपर्ने सुझाव दिएका छन् ।

आज प्रदेश एक सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीसहित शिक्षाक्षेत्रसँग आवद्ध रहेको व्यक्तिहरुबीचको भर्जुुअल बैठक एवं छलफलमा आफ्नो धारणा राख्ने वक्ताहरुले डब्लुुएचओले समेत पुष्टि गरेको कुरालाई विद्यार्थीमा डिजिटल डिभाइसको लत बसाउनुु दीर्घकालिन रुपमा कलिलो मतिष्कलाई क्षती पुर्याउनुु भनेका छन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक पोफेसर डाक्टर निधेस सापकोटाले उमेर अनुुसार मतिष्कको सोच्ने क्षमतामा विकास हुने भन्दै बच्चाकोे पुुर्ण विकास नभइसकेको दिमाखले बढि क्षती बेहोर्ने तर्क गरे । ‘विश्व महामारिमा जुधिरहेको बेला अनलाइन क्लास न्यायोचित हुँदै होइन,’सापकोटाले भने ‘विश्व स्वास्थ्य संगठनले समेत स्वीकार गरिसकेको कुरामा मोवाइल र डिजिटल डिपेन्डेन्सिले ब्रेनमा असर पुुग्छ ।’

डा. सापकोटाले यस्तो बेला अतिरन्जित समाचार प्रकाशित प्रशारित गर्ने संचारमाध्यम पनि नर्हेन सुुझाव दिएका छन् । महामारीले ल्याउने परिस्थिति भयावह समेत हुने भन्दै यसलाइ कसरी लिने आफुुमा भर पर्ने बताए । समाचार च्यानल भन्दा बढि प्रेरणादायी कुरा हेर्न उनको सुुझाव छ । बच्चाहरुसँग बढी भन्दा बढी समय बस्नुपर्ने भन्दै भ्रममा रहेका बालबालिकलाई कोरोनाको व्याख्या गर्दै यसले पार्ने प्रभाव र असरको बारे खुलेर कुरा गर्न पनि उनले अभिभावकलाई आग्रह गरेका छन् । सन्तुलित भोजन, नियमित व्यायाम र सकारात्मक सोचले भोलीका दैनीकीलाई सहज बनाउने भन्दै बाल मनोविज्ञानलाई बुुझेर परिवारका ठुला व्यक्तिले विशेष भुमिका खेल्नुपर्ने उनको भनाई छ ।

त्यस्तै प्राध्यापक डाक्टर राजेन्द्र शर्माले विद्यालयको औपचारिक शिक्षामात्र सबथोक हो भन्ने भ्रम पाल्न नहुने बताए । लकडाउन जीवन र इतिहास बुुझ्न उचित मौका रहेको भन्दै रैथाने सीप र खेलहरु सिकाउन आवश्यक रहेको औल्याए । शर्माले डोको, नाम्लो, डोरी, गुन्द्रि लगायतका सीप सिकाउँदा हाम्रो इतिहास र संस्कार बुुझ्न सहज हुने बताए । यस्तै उनले डण्डीवियो, रुमाल लुकाउने जस्ता खेलहरु खेलाउन पनि आग्रह गरे ।

डिजिटल शिक्षामा जान पहिले कक्षा एक देखि पोस्ट ग्याजुुएटसम्म डिजिटल पाठ्याक्रम बनाउनुपर्ने र अभिभावक, शिक्षक र विद्यार्थीमा समेत सोही अनुसारको सीप आवश्यक रहेको भन्दै अहिलेको समयमा पुुर्ण डिजिटल शिक्षा उचित नहुने धारणा राखे । ‘अहिलेको आधुनिक विद्यार्थी पब्जि र फ्रिफायरको सिकार भइरहेको छन्,’शर्माले भने, ‘यस्तो बेला घरभित्रको सीप सिकाउँदै संस्कार पढाऔँ, देशको इतिहाँस पढाउँ, करेसावारी देखि खेती गर्ने कला सिकाउँ ।’

छलफलमा नेवि संघका पूर्वउपाध्यक्ष विकास केसीले पढ्ने बानी छुटेका विद्यार्थीलाई अनलाइन शिक्षा राम्रो भएपनि नेटको समस्याका कारण सोचेअनुसार नभएको बताए । उनले इन्टरनेटको पहुँचको विस्तार आवश्यक रहेको तर्क गरे । त्यस्तै उपभोक्ता हित संरक्षण मञ्च प्रदेश एकका सचिव मेघराज श्रेष्ठले जवरजस्ति अभिभावकलाई शुल्क थमाउने क्रम जारी रहेको भन्दै त्यो न्यायोचित नभएको बताए । उनले पढाउने माध्यमलाई फराकिलो बनाउने तर्फ ध्यानाकर्षण गराउँदैै रेडियो र टीभिलाई थप शसक्त बनाउन आग्रह गरे ।

इष्टुु प्रदेश एकका अध्यक्ष यादव अधिकारीले निजी विद्यालयहरु संकटमा रहेको भन्दै नाजुक अवस्थामा गुज्रिरहेका जानकारी गराए । उनले संस्थागत विद्यालयमा धेरै समस्या देखिरहेको र न्युन तलबका शिक्षकहरुले गत महिनाको तलव पनि पाउन नसकेको गुनासो गरे । उनले भने इन्टरनेट कक्षा अहिलेको जस्तो अवस्थामा अव्यवहारिक भएको तर्क गरे ।

प्याप्सुका केन्द्रीय अध्यक्ष माधव पौड्यालले निजी क्षेत्र समस्यामा रहेको भन्दै राज्यले योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्न आग्रह गरे । ‘शिक्षा र स्वास्थ्य सँवेधानिक अधिकार हो । जहाँ समस्या परेको छ त्यहाँ समाधान गर्दै जानुुपर्छ,’उनले भने, ‘कोरोनाको प्रभाव र यसको असर बुुझ्ने र दीर्घकालिन समस्या स्थानीय तहबाटे सम्बोधन हुनुपर्छ ।’

एन प्याप्सन प्रदेश एक अध्यक्ष जय बहादुर श्रेष्ठले सरकारले चैत महिनाको शुल्क लिन नहुने भन्ने कुरा अव्यवहारिक भएको बताए । ‘चैत महिनामा शिक्षक र विद्यालयले काम गरेको छ । वार्षित परिक्षाको नतिजा भएको छ ।’ श्रेष्ठले भने ‘अर्को वर्षको लागि शैक्षिक योजना तर्जुुमा भएको छ । शुल्क लिन पाइन्न भनेर भन्न पाइन्न । यो न्यायोचित भएन ।’

त्यस्तै प्याब्सन प्रदेश एकका अध्यक्ष युवराज वशिष्ठले व्यवहारिक ज्ञान दिने बारे विद्यालयले अभिभावकलाई सचेत गर्ने र विद्यालयलाई निशुल्क इन्टरनेट पहुँच पुुर्याउन आग्रह गरे । छलफलको संयोजन एवं आयोजक शिक्षासेवी सुरेन्द्र घिमिरेले लकडाउनले प्रभाव परेको शिक्षा क्षेत्रबारे बहस थालनी गरेको बताए । धेरैले अनलाइन शिक्षा शुरु गरिरहेको बेला यो कत्तिको प्रभावकारी हुन्छ भन्ने बारे छलफल चलाउन आवशयक ठानेर यो भर्चुअल छलफलको आयोजना गरेको जानकारी दिए ।