धरान: नेपालमा आज(आइतबार) बिहानै १० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै रौतहट जिल्लाका हुन् । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार रौतहटको राजपुर नगरपालिका फरहदवा ९ का ८ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको छ । यस्तै, रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । हालसम्म सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

press-corona