धरान: धरान उपमहानगरपालिकामा नेकपाबाट प्रतिनिधित्व गर्ने वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठकमा कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले अपशब्द प्रयोग गरेको र अमर्यादित व्यवहार प्रस्तुत गरेर बैठक भाँडेको आरोप लगाएका छन् ।

नेकपाबाट निवार्चित वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुले आकस्मिक पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट निवार्चित भएका वडाअध्यक्षहरुले अपशब्द बोलेको, नीति कार्यक्रम तथा बजेट कपी च्यात्ने र टेबुल अमर्यादितढंगले ठटाउने कार्य गरेको कारण बैठकलाई बहिष्कार गर्न बाध्य हुनुपरेको पनि प्रष्टीकरण दिएका छन् । साथै उनीहरुले आफ्नो पार्टी(कांग्रेस)बाट विजयी वडाअध्यक्षहरुलाई नगर प्रमुख तिलक राईले रुलिङ गरेर मर्यादामा राख्न प्रयाससमेत नगरेर गुण्डागर्दीलाई प्रसय दिएकोसमेत आरोप लगाएका छन् ।

बैठकको अध्यक्षता गरिरहेका नगरप्रमुखले सार्वजनिकरुपमा आत्मालोचना नगरेसम्म बैठकमा सहभागी नहुने पनि नेकपाबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बताएका छन् । वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले मेयर राईले विधि र प्रक्रिया बाहिर गएर समिति, उपसमितिहरुसँग छलफल, परामर्श नगरी नीति, कार्यक्रम तथा बजेट बनाउन प्रयास नै नगरेको बताए । अन्तिम अवस्थामा आएर वडाअध्यक्षहरुले दबाब दिएपछि मात्र २ दिनअघि छलफल गरेको उनले बताए ।

IMG_1470.psdghgh

पत्रकार सम्मेलन गर्दै नेकपाबाट निवार्चित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु । तस्बिर विकास चाम्लिङ

अध्यक्षहरुको दबाब पछि २० करोडको सिलिङ तयार गरेको र फर्मुलाअनुसार विनियोजन गरिएको तर कांग्रेसबाट निवार्चित अध्यक्षहरुले नियोजितरुपमा नै कार्यपालिका बैठक भाँडेको अध्यक्ष भट्टराईले बताए । ‘छलफल गर्न पाइन्छ, तर कागजपत्र च्यातेर, अपशब्द बोलेर, गुण्डागर्दी शैलीमा प्रस्ततु हुँदा कार्यपालिका हलजस्तो लागेन, कांग्रेसको कुनै भाृत संगठनको महाधिवेशनजस्तो र उहाँहरुको पार्टीको ट्रेण्ड जस्तो लाग्यो, र त्यहाँ बस्नुको औचित्य ठानेनौं,’उनले भने,‘मेयरले लिखितरुपमा माफी नमागेसम्म मेयरले बोलाएको बैठकमा सहभागी हुदैनौं ।’

यता मेयर तिलक राईले भने मानिसहरुको आ आफन्ै स्वभाव हुने भएकोले बैठकमा पनि कोही कडा, कोही नरम भएर प्रस्तुत हुने गरेको बताए । उनले आफुहरु अझै पनि बैठकमा रहेको भन्दै निरन्तर छलफल भइरहेको दाबी गरे । ‘बैठकमा भित्र बाहिर हुने क्रम चलिरहन्छ । कसैको स्वभाक कडा हुनसक्छ । केही वडाअध्यक्षहरुको प्रस्तुती ठिक भएन भन्ने हो,’उनले भने,‘बजेट सिलिङको सुत्रबारे सबैलाई थाह नहुनसक्छ, त्यसैमा बजेट घटेर आयो भन्ने कुरा हो । हामी छलफलमै छौं ।’

nekapa1

IMG_1472.psdjhj