धरान: नियमित हुनुपर्ने दिसा नभएपछि धरान २ की ७० बर्षीय वृद्धा भिमश्वरी ल्वागुनलाई परिवारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि पुर्याए । उनलाई सर्जरी युनिट १ को वेड नम्बर १७ मा राखेर उपचार शुरु भयो ।

चिकित्सकहरुले ल्वागुनको हिजो(शनिबार) अप्रेशन गर्ने तयारी गरेका थिए । आफन्तलाई अप्रेशनको लागि आवश्यक सबै सामान खरीद गर्न पनि लगाए । विरामीलाई अप्रेशन गर्न लगियो । तर, ६ घण्टा पछि आइसियु खाली भएन भन्दै वार्डमा नै पठाइयो । तिनै विरामी वृद्धा ल्वागुनको अवस्था राती बिग्रियो । उनी छटपिटए तर नर्सले डाक्टर नबोलाइदिएको मृतक परिवारको आरोप छ । आज बिहान विरामीको मृत्यु भयो ।

bpk

अप्रेशन नगरी डाक्टरले फर्काउदा ‘अवस्था ठिकै छ, आइसियु खाली नभएकोले अप्रेशन नगरेका’े बताएको आफन्तजनको भनाई छ । ‘राती साह्रो भएपछि सुई दियो, र उल्टी हुन थाल्यो,’मृतककी काहिली बहिनी कृष्णकुमारी बिकले भनिन्,‘राती डाक्टर पनि हेर्न आइदिएनन् ।’ मृतककी साहिली बहिनी लक्ष्मीदेवीका अनुसार डाक्टरले ‘तपाईहरुको ठुला मान्छे को छ ? आइसियुको लागि भन्नुस्’ भनेका थिए । उनले भनिन्, ‘अस्पताल ठुलो र धनी मान्छेको लागि मात्र रहेछ, गरिबको लागि त होइन रहेछ ।’

एउटा आइसियु खाली छ भनेर नै अप्रेशन गर्न लगेको तर त्यसमा अर्को मान्छेलाई दिएको उनले बताइन् । 'यहाँ हुदैन भने विराटनगर लैजान्छौं 'भन्दा 'डराउनुपर्ने केही छैन' भनेको उनको भनाई छ । ‘पहिला उपचार भयो, तर अन्तिम दिनमा किन यस्तो भयो ?’उनले प्रश्न गर्दै भनिन्,‘टाढा टाढाबाट उपचार गराउन गरिबहरु पनि आएको हुन्छ, तर सोर्सफोर्स चाहिदो रहेछ । हामीलाई यस्तो भयो, अरुलाई नहोस् ।’

bp-patience

विरामीको मृत्यु भएपछि सर्जरी युनिट १ वार्डमा निक्कैबेर तनाव भएको थियो । सुरक्षाको लागि प्रहरीहरु खटिएका थिए । निक्कैबेरको तनावपछि परिवारले शव बुझेर लगेका छन् । आफन्तजनहरुले डाक्टरहरुसँग छलफल गरेका थिए । छलफलमा पनि डाक्टरहरुले अप्रेशन गर्न लगेको तर आइसियु खाली नभएर फर्काउनु परेको जवाफ दिएका थिए । ‘इन्जेक्सन ४,५ दिनदेखि दिइरहेकै हो । उल्टी नहोस् भनेर दिएको इन्जेक्सनले पनि नरोकेको र श्वासनलीमा गएर अड्किएर मृत्यु भएको भन्यो,’एक आफन्तले भने ।

bpkih bp-surgery1 bp-surgery2