धरान: धरानमा अब घरबाटै वा संसारको जुनै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजश्व तिर्न सकिने भएको छ ।

यो प्रणाली नेपालमै पहिलो पटक धरान उपमहानगरपालिकाले आज(असोज १) गतेदेखि लागु गरेको हो । कोरोना भाइरस महामारीको कारण जनता आफै उपस्थित भएर कर तिर्न जोखिम भइरहेको बेला सुरु भएको अनलाइन भुक्तानी प्रणालीले सहजता हुने अपेक्षा गरिएको छ । बिहिबार कार्यपालिका बैठक कक्षमा पत्रकार सम्मेलन गरेर अनलाइन विद्युतीय प्रणालीबाट राजश्व भुक्तानी कार्य शुरुवात भएको जानकारी दिइएको थियो भने धरानका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीको घरजग्गाको घर तिरेर औपचारिकरुपमा शुरुवात पनि गरिएको थियो ।

dharan-tax2

राजश्व प्रणालीमा करदाताले आफुलाई सहज पर्ने वडा कार्यालयमार्फत एक पटक मोवाइल नम्बर र इमेल ठेगाना टिपाउनुपर्नेछ । त्यसपछि, मा गएर आफ्नै युजर नेम र पासवर्ड प्राप्त गरेपछि स्वदेश तथा विदेश जहीबाट पनि नेपालको कुनै बैंकमा रहेको आफ्नो खाताबाट कनेक्ट आइपिएसको अध्यमबाट वा इ सेवा वालेटबाट सजिलै कर तथा राजश्व भुक्तानी गर्न सकिने मेयर राईले बताए । ‘अनलाइन प्रणाली सुरु भएसँगै करदाता आफुले तिर्नु बुझाउनुपर्ने सम्पुर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गर्न, प्रारम्भिकरुपमा मुल्यांकन तथा भुक्तानी गर्न सकिनेछ, यसले गर्दा कर तिर्न करदातालाई कार्यालयमा आएर लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ,’मेयर राईले भने ।

dharan-tax1

उपमेयर भण्डारीले राजश्व परामर्श समितिको निर्णय अनुसार कार्यान्वयन गर्न सफल भएको बताइन् । उनका अनुसार धरानबासीहरु अधिकांश काठमाण्डौं र विदेशमा भएकोले सम्पत्ति कर बार्षिकरुपमा सतप्रतिशत भुक्तानी हुन सकेको थिएन । त्यसैले कर तिर्ने सजिलो माध्यमकोरुपमा यो प्रणाली सुरु गरिएको उनले बताइन् । ‘अब जनतामा अनलाइन कर प्रणालीबारे साक्षात्कार अभियान गर्नुपर्नेछ, करदतालाई सचेत गराउन वडाहरुमा इपेमेन्ट कसरी गर्ने भनेर यो बर्ष राजश्व सुधार र कर शिक्षा सुरुवात गर्नेछौं,’उनले भनिन् ।

dharan-tax4 dharan-tax3