धरान: कोरोना संक्रमणको तीब्र दरमा वृद्धि भइरहे पछि आजदेखि धरानमा स्वास्थ्य प्रोटोकल पालना गरे, नगरेको अनुगमन शुरु भएको छ ।

धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा प्रोटोकलको अनुगमन गरिएको हो । सो क्रममा मास्क विना हिड्ने ६० जनालाई कारबाही गरिएको छ । उनीहरुलाई संक्रमण रोग ऐन २०२० को दफा ३ अनुसार सय रुपैया जरिवाना गर्ने व्यवस्था अनुसार ६० जनालाई कारबाही गरिएको इलाका प्रशासन कार्यालय धरानका निमित्त प्रमुख विदुर गौतमले जानकारी दिए ।

बिहान करिब ८ बजेदेखि अनुगमन शुरु गरिएको थियो । पुरानो बजार हुदै भानुचोक, बस स्टेण्ड, तरकारी बजारसम्म अनुगमन गरिएको थियो । अनुगमनको क्रममा पैदल यात्रु, सवारी चालक, सवारीमा रहेका यात्रुहरुले मास्क नलगाउने गरेको पाइएको उपमेयर भण्डारीले बताइन् । वृद्धवृद्धाहरुलाई निःशुल्क मास्क उपलब्ध गराइएको र अन्यलाई भने जरिवानासहित मास्क दिइएको थियो । बसपार्कमा टिकट काउन्टर र चालक, सहचालकहरुलाई मास्क विना यात्रुलाई नचढाउन पनि आग्रह गरिएको थियो ।

anugaman3

लकडाउन नगर्ने हो भने स्वास्थ्य प्रोटोकल अनिवार्य पालना गर्नुपर्ने उपमेयर भण्डारीले बताइन् । धेरै जसो चालक र यात्रुहरुले पनि मास्क नलगाएको पाइएको उनले बताइन् । व्यवसायीहरुलाई अनिवार्य मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न आग्रह गर्दै सचेत गरिएको उनले बताइन् । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाका अनुसार बुझ्ने खालकै मानिसहरुले नलगाए पनि हुन्छ भनेर हिडिरहेको भेटिएको थियो । उनीहरुलाई सम्झाउने र सय रुपैया जरिवाना पनि तिराइएको उनले बताए ।

anugaman4 anugaman5 anugaman6 anugaman7 anugaman9 anugaman8 anugaman12 anugaman13 anugaman14 anugaman17 anugaman16 anugaman10 anugaman11 anugaman15