धरान: गएको फागुन २४ गते भेडेटारमा जिपलाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भनेका थिए, ‘भेडेटारमा छिट्टै स्काई वाक परियोजना पनि आउछ ।’

मुख्यमन्त्री राईले यसो भन्दा(हेर्नुस् भिडियो) धेरैले 'गफ दिएको' भन्ने अर्थ पनि लगाए । तर, भेडेटारका पर्यटनकर्मीहरुलाई भने मुख्यमन्त्रीको त्यो घोषणाले त्यतिबेला नै उत्साहित बनाएको थियो । किनभने, लगानीकर्ताले त्यसबेला नै भेडेटारको शैलुङ डाँडा(चाल्र्स पोइन्ट)मा सम्भाव्यता अध्ययन गरिसकेको थियो भने प्रदेश सरकारलाई प्रस्ताव पनि पेश गरेको थियो । मुख्यमन्त्री राईले घोषणा गरेको करिब ७ महिना लगत्तै भेडेटारमा स्काईवाक बन्ने सुनिश्चित भइसकेको छ । हिजो बिहिबार सरोकारवाला तीन पक्ष साँगुरीगढी गाउँपालिका, धरान उपमहागनरपालिका र प्रदेश लगानी प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर पनि भइसकेको छ ।

भिडियो:

कोरोना महामारीले अहिले समग्र पर्यटन क्षेत्र थला परेको छ । यो बेला करोडौं लगानीमा स्काईवाक परियोजना निर्माण हुने भएपछि कोरोनाले निराश भएका भेडेटारका पर्यटन व्यवसायीहरु पनि उत्साहित भएका छन् । होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली साहसिक पर्यटनमा भेडेटार प्रदेश १ कै हब बन्ने बताउँछन् । साथै उनले स्काईवाक भेडेटारको मात्र नभएर प्रदेशकै ब्राण्ड बन्ने पनि दाबी गरे । ‘यो दक्षिण एसियाकै पहिलो भएकोले साहिसक पर्यटकहरुको पहिलो गन्तव्य हुनेछ, भेडेटारको मात्र नभए प्रदेश १ कै ब्राण्ड हुनेछ,’रुम्दालीले भने,‘कोरोनाले पर्यटन क्षेत्र थला परेको बेला नयाँ परियोजनामा लगानी भित्रिदा फेरि गति लिन्छ भन्ने अपेक्षा छ, र हामीलाई उत्साह दिएको छ ।’

bhedetar-skywalk,

साँगुरीगढीका अध्यक्ष कुमारजंग याक्खा पनि बार्षिकरुपमा लाखौं पर्यटक भित्रिने यो परियोजनाले स्थानीयस्तरमा रोजगारी वृद्धि गर्ने र भेडेटार साहसिक पर्यटनको हब बन्ने बताउँछन् । उनका अनुसार २० करोड लगातमा निर्माण हुने स्काईवाकले बार्षिक १० लाख पर्यटक भित्र्याउने अपेक्षा छ । ‘प्रत्यक्ष, अप्रत्यक्ष १ हजार बढीले रोजगारी पाउने अपेक्षा छ, बार्षिक १० लाख पर्यटक भित्र्याउने लक्ष्य छ,’उनी भन्छन् ।

स्काईवाकको उचाइ १०० मिटर देखी ५०० मिटरसम्म हुनेछ भने ४ मिटर चौडाइ हुनेछ । घुम्तिमा १० मिटर रहने स्काईवाक धरानतर्फ ३९ मिटर लामो हुनेछ । सिसाबाट निर्माण गरिने भएकोले पारदर्शी हुने र साहसिक पर्यटकहरुलाई आकर्षित गर्नेछ । भेडेटारमा यसअघि पनि साहसिक पर्यटनअन्तर्गत धरानतर्फ जिपलाइन शुरु भइसकेको छ भने भेडेटारमै अर्को जिपलाइन काम्फेक नजिकबाट शुरु हुने तयारीमा छ । भेडेटार नजिक छोटीमोरंग डाँडाबाट व्यवसायिक प्याराग्लाइडिंग पनि शुरु भइसकेको छ । धरान उपमहानगरपालिकाले धरानदेखि साँगुरीगढीसम्मको पदमार्गलाई पनि प्रवद्र्धन गरिरहेको छ ।

bhedetar-skywalkclick3

bhedetar-skywalk-click1