धरान: प्रदेश १ बास्केटवल खेलाडी प्रदिप गुरुङ्गको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भएको छ ।
पुस १५ गते अस्पताल भर्ना भएको गुरुङ्गको हिजो आइतवार दुई घण्टा लामो मेजर शल्यक्रिया भएको थियो । प्रतिष्ठानका अर्थोस्कोपिक सर्जन प्रा.डा. विष्णु पोर्खेलले उनको शल्यक्रिया गरेका थिए । पुर्ण पमा च्यातिएको एसिएल (एन्टिरियर व्रmुशियट लिगामेन्ट) उनकै ह्यामिस्ट्रीङ्ग ग्राप्mट झिकेर एसियल रिकन्सट्रक्सन गरिएको छ भने बाहिर पटिको केहि भाग च्यातिएको ल्याटेरियल मिनिस्कस काटेर मिलाइएको प्रा.डा.पोख्रेलले जानकारी दिए । डा. पोखे्रलका अनुसार आजदेखि नै गुरुङ्गको थेरापी सुरु गर्ने र थेरापी सफल भए व्यवसायीक रुपमा नै खेलमा फर्कन सक्नेछन् । उनले करिव ६ महिना लामो थेरापी गर्नुपर्ने हुन्छ ।
लकडाउनको समय सेल्फ प्राक्टिसको क्रममा घाइते भएका प्रदेश १ बास्केटवल खेलाडी गुरुङ्गको विपि प्रतिष्ठानले निःशुल्क उपचार गरिदिने भएको छ । उनको उपचारको क्रममा प्रतिष्ठानमा लाग्ने सम्पुर्ण खर्च प्रतिष्ठानले निःशुल्क गरिदिने भएको हो । राज्यलाई अन्तराष्ट्रियस्तरमा चिनाउन खेलाडीको महत्वपुर्ण भुमिका हुने भएकोले गुरुङ्गलाई सहयोग गरेर विपी प्रतिष्ठानले आप्mनो सामाजिक उत्तरदायित्व निभाएको प्रतिष्ठानका रजिष्टार डा.मोहनचन्द्र रेग्मीले बताए । प्रतिष्ठानमा लाग्ने खर्चबाहेक शल्यक्रियामा लाग्ने सामानको मुल्यमा समेत छुटका लागि पहल गर्ने उनले वताए ।
खेलाडी गुरुङ्ग घाइते भए पछि धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघले गुरुङ्गको उपचारको लागि अभियान चलाएका थिए । सहयोग संकलनको लागि पुष ८ गते धरान टिम र झापा टिम विच च्यारिटि मैत्रिपुर्ण बास्केटवल म्याच समेतको आयोजना गरिएको थियो । च्यारिटिबाट गुरुङ्गलाई करिव २ लाख ७० हजार रुपैया सहयोग प्राप्त भएको छ । गुरुङ्गको सम्पुर्ण उपचार धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको पहलमा भएको हो ।