धरान: धरान उपमहानगरपालिकाको वडा नं २ र ३ मा पर्ने माछा भौडीको स्वरुप फरिने गरि सुन्दर पार्क निर्माण भइरहेको छ । पार्क निर्माणको कार्य अझै बाँकी छ, तर निर्माण सम्पन्न हुनुअगावै यो पार्कको चर्चा र प्रशंसा हुन थालिसकेको छ ।

सोमबारकै कुरा गरौं न । षुष २० गतेलाई धरान सहर स्थापना दिवस अर्थात धरान डे कोरुपमा मनाउने गरिएको छ । गत बर्ष ३ दिन भव्य कार्यक्रम गरि मनाइएको थियो । यो बर्ष कोभिड १९ को कारण वडाहरुले विभिन्न कार्यक्रम गरि मनाए । तर, अन्य वडाको भन्दा माछा भौडीको निर्माणाधिन पार्कमा वडा नं २ र ३ ले गरेको संयुक्त कार्यक्रम बिशेष रह्यो ।

maxa-bhaudi16

उपप्रमुख मञ्जु भण्डारी सुवेदीको प्रमुख आतिथ्यमा सोमबार निर्माणाधिन पार्क क्षेत्रमा चित्रकला कार्यशाला तथा कविता वाचन कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा पुर्वका विभिन्न जिल्लाबाट साहित्यकार र चित्रकारहरुको जमघट भएको थियो । निर्माण कार्य सम्पन्न नहुँदै यो पार्कले आफ्नो महत्व दर्शाएको छ । यो पार्कको उत्तरपट्टीको क्षेत्रलाई डबलीकोरुपमा उपयोग गर्ने अवधारणा स्थानीयले बनाएका छन् । जहाँ यसरी नै विभिन्न साहित्यिक गोष्ठीहरु, कार्यक्रमहरु आयोजना गर्न सकिनेछ ।

स्थानीयबासी एवं सशक्त युवा कवि सुदिप पाख्रिनको संयोजक रहेको कविता वाचन कार्यक्रममा खोटाङबाट आइपुगेका वरिष्ठ कवि जसराज किरातीले पनि कविता वाचन गरे । यस्तै, वरिष्ठ साहित्यकार कुन्ता शर्मा, वम देवान, सशक्त युवा कवि देवान किराती, सन्तोष थेवे, हेमन यात्री, प्रदिप मेन्याङ्बो, राज आशातित, भिष्म काफ्ले, करुणा राई, प्रदिप योङहाङ, रोम ढुंगेल, विनय सरगम, विवेकविवश रेग्मी, बुद्धि तेम्बेलगायत दुई दर्जन बढी कविहरुले कविता वाचन गरेका थिए ।

maxa-bhaudi18

यसैगरि, युमेनहाङ राई संयोजक रहेको चित्रकला कार्यशाला पनि एक दर्जन बढी कलाकारहरुले सहभागिता जनाएका थिए । कार्यशालामा झापा, मोरङ, सुनसरी र धनकुटा जिल्लाका कलाकारहरु सहभागी भएको संयोजक राईले जानकारी दिए । कार्यशालामा झापाबाट छितेन शेर्पा, रिना राई, तुलसी श्रेष्ठ, मौलिक लिम्बु, अर्जुन बस्नेत, असिम प्रधान र विनोद राजवंशी सहभागी भएका थिए । यसैगरि, धनकुटाबाट डिल्लीकृष्ण आले र सञ्जय सयल सहभागी भएका थिए भने मोरङ, विराटनगरबाट प्रकाश चौधरी र उद्धव गुरुङ सहभागी थिए । सुनसरी धरानबाट वरिष्ठ कलाकार प्रनोद दत्त, रुपक राई, पुजा श्रेष्ठ र आयुष भुजेल सहभागी थिए ।

भौतिक विकाससँगै मानवीय विकासमा पनि ध्यान दिनुपर्छ: उपप्रमुख

maxa-bhaudi2

उपप्रमुख मञ्जु भण्डारी सुवेदीले माछा भौडीको लागि बजेट विनियोजन गरेर शिलान्यास गर्दा शुरुवातमा दुरुपयोग गरे भनेर अलोचना खेप्नुपरेको पनि स्मरण गरिन् । तर, आफुहरुले भौडीलाई सुन्दर बनाउने सपना देखेर नै बजेट विनियोजन गरिएको उनले बताइन् । ‘खहरेहरु अभिषाप होइन, वरदानकोरुपमा विकास गर्नुपर्छ । दुवैतिर मापदण्डको बाटो बनाउने र बालबालिकाको लागि खेल्ने ठाउँ, ज्येष्ठ नागरिकहरुलाई चिन्तन गर्ने, भेटघाट गर्ने थलो बनाउने अवधारणा अनुसार निर्माण शुरु गरेको थियौं,’उनले भनिन्,‘आज हेर्दा त्यतिबेला सही निर्णय गरेछौं भन्ने लागेको छ ।’

maxa-bhaudi20

उपप्रमुख भण्डारीले विकासको नाममा चिल्ला सडक मात्र बनाएर नहुने भन्दै सभ्य, इमान्दार, सृर्जनशिल र सचेत नागरिक बनाउन पनि ध्यान दिनुपर्ने बताइन् । ‘भौतिक विकासलाई मात्र प्राथमिकतामा राखेर हुदैन, मानवीय विकासलाई पनि ध्यान दिनुपर्छ । नत्र विकास समान हुदैन,’उनले भनिन्,‘मानवीय र भौतिक विकासलाई समानरुपमा लैजानुपर्छ । नगरपालिकलो त्यही ढंगले बजेट विनियोजन गरेका छौं ।’

maxa-bhaudi3 maxa-bhaudi5 maxa-bhaudi4 maxa-bhaudi17 maxa-bhaudi14 maxa-bhaudi15maxa-bhaudi1 maxa-bhaudi maxa-bhaudi9 maxa-bhaudi7 maxa-bhaudi11 maxa-bhaudi19 maxa-bhaudi6 maxa-bhaudi13 maxa-bhaudi12