धरान: नेकपाका युवा नेता एवं केन्द्रीय सदस्य महेश बस्नेतले प्रदेश नं १ को मुख्यमन्त्री बन्ने सपना देखेका भीम आचार्य लावन्य देशको राजा मात्रै हुने ब्यङ्ग्य गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको सुनसरीको धरानमा वृहत जिल्ला भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले आचार्य प्रति यस्तो ब्यङ्ग्य गरेका हुन् । प्रचण्ड माधव समुहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वसको प्रस्ताव दर्ता गराउदै नेता आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको छ । ओली समुहका नेता बस्नेतले भने आचार्यलाई अधिनायकवादी नेताकोरुपमा प्रस्तुत गर्दै मुख्यमन्त्री बन्ने उनको सपना पुरा नहुने टिप्पणी गरेका हुन् । ‘सुनसरीको अधिनायकवादी राजा अब प्रदेश १ को होइन, लावन्य देशको राजा बन्नेछ, प्रदेश १ को राजा बन्ने सपनामै सिमित हुनेछ,’पुर्वमन्त्रीसमेत रहेका बस्नेतले भने,‘हाम्रा नेता केपी शर्मा ओलीलाई समर्थन गर्दा सुनसरीमा धेरै सहनु भयो, अब तपाईहरु ढुक्क हुनुस्, नेतृत्व तपाई हामीले नै गर्ने हो ।’

youth1

प्रधानमन्त्री ओलीलाई राजनेताको संज्ञा दिदै बस्नेतले जनताको मनमा ओलीको राज रहेको दाबी गरे । ओलीकै कारण सामाजिक फासीवाद र उग्रपन्थी बाटोमा हिडेको प्रचण्डलाई मुलधारमा ल्याएको भन्दै बस्नेतले ओलीको साथ छोड्दा प्रचण्ड र नेपाल सडकमा पुगेको बताए । खिया लागेको नटबल्टु खसे जस्तै नेकपाबाट प्रचण्ड र माधव नेपाल फुटेर गएपछि पार्टीमा उर्जा बढेको र वडा वडामा भेला हुन थालेको बस्नेतले बताए । उनले सर्वोच्च अदालतबाट सही फैसला भएर बैशाख १७ र २७ मा निवार्चन हुने दाबी गरे । साथै उनले निर्वाचन आयोगबाट पनि ओली नेतृत्वको नेकपाले नै चुनाव चिह्न सुर्य पाउने पनि जिकिर गरे ।

youth

उनीभन्दा अघि भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भगवती चौधरीले आफ्नै बहुमतको सरकारलाई अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपतिलाई महाभियोग लगाउने योजना गरेपछि प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेको बताइन् । अर्का केन्द्रीय सदस्य मोतिराज सुनुवारले प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर मुख्यमन्त्री बन्ने सपना देखेको भीम आचार्य जालीझेली नेता भएको आरोप लगाए । जिल्ला सदस्य एवं धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले ओलीको समर्थन गरेकै कारण आफु कार्यवाहक मेयर हुँदा गरेको राम्रो कामको प्रचार पार्टीले गर्न नमानेको र उपनिवार्चनमा हार भएको बताइन् ।

भेलालाई युवा संघका केन्द्रीय सचिव क्षितिज थेवे, अनेरास्ववियुका नेता रस्मी आचार्य, युवा नेता बचन सिंहलगायतले पनि सम्बोधन गरेका थिए । धरान १५ स्थित चुम्लुङ हिममा औपचारिक कार्यक्रम शुरु हुनुअघि धरान १२ चतरालाइनबाट वृहत र्याली पनि निस्केको थियो ।

youth2 youth3 youth4 youth5 youth6 youth7