धरान: धरान उपमहानगरपालिकामा झडप भएको छ । दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति र प्रहरीबीच झडप भएको हो ।

विगतदेखि नै खानेपानीको बिषयमा विभिन्न मागहरु राख्दै आएको संघर्ष समितिले मेयर, उपमेयरलाई ज्ञापन पत्र बुझाउन गएको थियो । तर मेयर, उपमेयर ज्ञापन पत्र बुझ्न गेट बाहिर नआएपछि कोणसभा सकेर संघर्ष समितिको आह्वानमा भेला भएकाहरु उपमहागरभित्र प्रवेश गर्न खोजेका थिए । सोही क्रममा प्रहरी र संघर्ष समितिको बीचमा झडप भएको हो । आज संघर्ष समिति नगरपालिका घेराउ गर्न आउने पुर्वसुचना पाएर बिहानैदेखि नगर प्रहरी, जनपद प्रहरी सुरक्षार्थ खटिएका थिए ।khanepani1 khanepani 1 khanepani3 khanepani4 khanepani6