धरान: खानेपानी संस्थानको धरान शाखाको सम्पत्ति तथा दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको औपचारिक घोषणा हिजो बुधबार भएको थियो ।

पत्रकार सम्मेलन गर्दै मेयर तिलक राईले संस्थान बोर्डमा मर्ज भएको भोलीपल्ट धरानमा विरोध प्रर्दशन भएको छ । दीर्घकालिन खानेपानी संघर्ष समितिले संस्थानलाई बोर्डमा मर्ज गरेको विरोधमा प्रर्दशन गरेको हो । प्रर्दशनको क्रममा ज्ञापन पत्र बुझ्न मेयर, उपमेयर नआएपछि हर्क साम्पाङको नेतृत्वमा प्रर्दशनीकारी उपमहानगरपालिका भित्र प्रवेश गर्न खोजेका थिए । त्यसक्रममा झडप पनि भएको थियो । केही प्रर्दशनकारीहरु गेट माथि चढेर भित्र प्रवेश गरेका थिए भने अन्यलाई प्रहरी, नगर प्रहरीले जर्बजस्ती बाहिर निकालेका थिए । यद्यपी, प्रहरीले संयमता अपनाएको कारण अप्रिय घटना हुन पाएन ।

khanepani1

संघर्ष समितिले २०७२ सालमै अइयुडिपीले १० हजार र १५ हजारको दरले पैसा उठाए पनि हालसम्म धारा र पानी वितरण नगरेको, प्रतिवद्धता अनुसार पानी उत्पादन गर्न नसकेको, आइयुडिपी आयोजनाको खर्चको हिसाब सार्वजनिक नगरेकोलगायत ७ बुँदे माग राखेर आन्दोलनरत छ । संयोजक साम्पाङले संस्थानलाई बोर्डमा मर्ज गर्न नहुने र यथावत राख्नुपर्ने माग लिएर आन्दोलन चर्काउने बताए ।