धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तेह्रथुमकी कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पञ्चकन्या १ तेह्रथुमकी २० बर्षीया युवती भएको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ५ बजे कोभिड अस्पतालमा उपचारको क्रममा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार मृतक बैशाख १७ गते प्रतिष्ठान भर्ना भएकी थिइन् भने उनलाई बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शव नियम अनुसार व्यवस्थान भइरहेको प्रतिष्ठानले जनाएको छ ।