धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य गर्न गठित धरान नागरिक दबाब सञ्जालले चारै जना पदाधिकारीहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

दबाब सञ्जालले प्रतिष्ठानमा देखा परेको समस्याहरु, आम नागरिकको गुनासाहरु र सुधारको लागि चाल्नुपर्ने कदमहरुसहित पदाधिकारीहरुलाई ध्यानाकर्षण पत्र बुझाएको हो । राजनीतिक दलका प्रतिनिधिहरुसहित ध्यानाकर्षण बुझाउन गएको दबाब सञ्जालले सुधारको लागि एक हप्ताको अल्टिमेटमसमेत दिएको छ । उक्त अवधिमा भएका सुधारहरुको मुल्यांकन संयुक्तरुपमा गर्ने र त्यसपछि अर्को चरणको कार्यक्रम अघि बढाउने पनि सञ्जालले प्रष्ट पारेको छ । 

bp-gyapan2

उक्त ध्यानाकर्षण पत्र प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्रीको कार्यालय, सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री, प्रदेश नं १ का मुख्यमन्त्री, मेडिकल काउन्सिललाई पनि बोधार्थ पठाइएको छ । ध्यानाकर्षण पत्रमा प्रतिष्ठानको लक्ष्य र नियुक्त भएका पदाधिकारीहरुको लक्ष्यबीच स्वार्थको टकराव भएको उल्लेख गरिएको छ । यस्तै, प्रतिष्ठानको अक्सिजन प्लान्ट,  कोभिड अस्पतालसँग सम्बन्धित गुनासाहरु, लामो समय सिटिस्क्यान, एमआरआई उपकरणहरु बिग्रिएको र मर्मत नभएको, फार्मेमी सञ्चालन नभएकोलगायतका बिषयहरु समेटिएको छ । 

यस्तै, तत्काल सुधार गर्नको लागि एक अधिकार सम्पन्न अनुगमन समिति गठन गर्न दबाब सञ्जालले सुझाव दिएको छ । वर्तमान अवस्थाको चित्रणसहित प्रतिवेदन सार्वजनिक गर्न, सेवा सुचारु हुन नसकेका उपकरणहरु अबिलम्ब मर्मत सम्भार गरि सेवा सुचारु गर्न, कोभिड अस्पतालमा गुणस्तरीय सेवा प्रत्याभुति गर्नलगायत सुझावहरु पनि दिएको छ । 

bp-gyapan1

bp-gyapan3

bp-gyapan-4