धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सम्पुर्ण बेथितीहरुको अन्त्य नभएसम्म धरान नागरिक दबाब सञ्जालले निरन्तर अभियान जारी राख्ने जनाएको छ । 

सुनसरी उद्योग वाणिज्य संघ धरानको हलमा सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दै दबाब सञ्जालले प्रतिष्ठानको सम्पुर्ण विकृति, विसंगति र बेथितीहरुको अन्त्य नभएसम्म अभियान जारी राख्ने जनाएको हो । दबाब सञ्जालका संयोजक डा.राजेन्द्र शर्माले 

विगतमा पनि वीपी प्रतिष्ठानको समस्याहरुलाई पटक पटक उठान गरेको स्मरण गर्दै ती विकृति र विसंगतिहरु सुधार भएर सेवाहरु चुस्त हुनुको सट्टा झन् झन् विकृत हुदै गएको बताए । उनले आम जनताको तहबाट उठेका गुनासोहरुको खोजी गर्न, चिरफार गर्न र सेवा चुस्तदुरुस्त बनाउने आफुहरुको लक्ष्य रहेको प्रष्ट पारे ।

bp-xalfal3

‘अहिले झन् पैसाको चलखेल धेरै हुन्छ, त्यसैले नेतृत्व बीचमा पनि टकराव छ, सेवा चुस्त दुरुस्त हुनसकेको छैन,’संयोजक शर्माले भने,‘कमिशनको कारण रिएजेन्ट किटहरु गुणस्तरीय छैन, मेशिनहरु गुणस्तरहिन खरिद गरिन्छ, खरिद गरिएको पनि लामो समय चलाउन दिदैनन्, र वीपीलाई होचो देखाएर छिमेकी अस्पतालहरुलाई अग्ल्याउने अभियान चलिरहेको छ भन्ने नियतको जनगुनासो छ, ती जनगुनासोहरु के हुन् त भनेर चिर्न, खोजी गर्न र नियन्त्रण गर्न जरुरी छ भनेर नै गठन गरिएको हो ।’

वर्तमान अवस्थामा मुलुक चले जसरी नै वीपी प्रतिष्ठान पनि चलेको भन्दै संयोजक शर्माले सुधारको लहरो केन्द्रसम्म गाँसिने बताए । यद्यपी, तत्कालमा सेवाग्राहीहरु जे जे सेवा लिनबाट विमुख भएका छन्, ती कुराहलाई सुधार गर्नको लागि दबाब सृर्जना गर्ने संयोजक शर्माले प्रष्ट पारे । ‘हाम्रो तीन चरणको कार्यक्रम छ, संवाद पहिलो चरण, दोस्रोमा अनुसन्धान, तेस्रोमा कारबाहीसम्मको हुन्छ,’उनले भने ।

bp-xalfal 1

संयोजक शर्माका अनुसार पहिलो चरणमा विभिन्न पक्षसँग संवादमार्फत वीपीमा भएका विकृति र विसंगतिहरुको फेहरिस्त संकलन गरेर पदाधिकारीहरुलाई देखाइदिने हुनेछ । दोस्रो चरणमा वीपी भित्रैबाट एउटा अनुगमन समिति बनाउन लगाउने र नागरिक समाज वा सिनेटरहरु संलग्न भएको अनुगमन समितिबाट त्यहाँ भएका थप विकृति र विसंगतिहरुको बुँदाहरुलाई अनुसन्धान गरेर निकाल्ने संयोजक शर्माले बताए । ‘तेस्रो कारबाही भनेको अहिलेसम्म हामी वैधानिक कारबाहीबारे मात्र सोचिरहेका छौं, विकृति र विसंगतिहरुको प्रमाणसहित कारबाहीको कठघरामा उभ्याउने हुनेछ,’ उनले भने,‘त्यो वैधानिक अभियानलाई हदैसम्मको वेवास्ता भइरह्यो भने आन्दोलनकारीहरुले आफ्नो रवैयामा परिवर्तन गर्नुपर्ने हुन्छ ।’

भिडियो: