धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आन्दोलनरत पक्षसँग वार्ता गर्न व्यवस्थापन पक्षले वार्ता समिति गठन गरेका छन् । 

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरु खनाल संयोजक रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेका हुन् । वार्ता समितिमा अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह र रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी सदस्य छन् । हाल काठमाण्डौंमा रहेका उपकुलपति डा.गिरीले वार्ता समिति गठन गरेको पत्र हिजो साँझ पाएको निमित्त उपकुलपति एवं रेक्टर डा.खनालले जानकारी दिए । ‘उपकुलपतिले वार्ता समिति गठन गरिदिनुभएको छ । हिजो बेलुका पत्र पाएँ, अहिले खाका तयार गरे संघर्ष समितिलाई पत्र पठाउने तयारी गर्र्दैछुँ,’निमित्त उपकुलपति डा.खनालले भने,‘दिउँसो ३ बजेको लागि वार्ता आह्वान गरेको छुँ ।’

उपकुलपतिले वार्ता समिति गठन गरेपनि संयुक्त संघर्ष समितिले भने उपकुलपति समावेश नभएको वार्ताको औचित्य नहुने भन्दै वार्तामा बस्न अस्वीकार गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै संघर्ष समितिका सहसंयोजक एवं डा.विष्णु पोखरेलले उपकुलपति नभएको वार्ता टोलीसँग वार्ता नबस्ने बताए । उपकुलपति नभए सहकुलपति वा कुलपति भए पनि वार्ता समितिमा बस्नुपर्ने उनले माग राखे । 

bp-andolan2

‘हामीले राखेको मागहरु निर्णय गर्न सक्ने र धेरै समय लाग्दैन । पहिलो सर्त स्पष्टीकरण फिर्ता हुनुपर्छ, प्राध्यापक उपाधिबारे प्रष्टीकरण दिनुपर्छ । उहाँलाई प्राध्यापक नभएपनि उपकुलपति बन्न कुनै असर पर्दैन,’डा.पोखरेलले भने,‘तेस्रो सर्त भनेको वीपीलाई पारदर्शी गरिनुपर्छ । आर्थिक कारोबार पारदर्शिता, सबै विभागको काम काबारहीको अपडेट हरेक महिनाको शुक्रबार श्वेत पत्र जारी गर्नुपर्छ, सकिन्छ । यसमा कुनै सम्झौता हुदैन ।’ उनले यी ३ वटा सर्तहरु वार्ताको बटमलाइन भएको र यसलाई मान्ने हो भने मात्र वार्ता हुने अडान राखे ।

पेडियाट्रिक विभागका प्रमुख प्रा.डा.प्रकाश पौडेलले भिजन, मिशन र गोलबाट प्रतिष्ठान विमुख भएकोले पुनः त्यही बाटोमा हिडाउनुपर्नेमा जोडदिए । कर्मचारी कल्याण तदर्थ समितिका महासचिव मदन हलवाईले संयुक्त आन्दोलन वीपी प्रतिष्ठान सुधार नभएसम्म नरोकिने बताए ।

bp-andolan 1

जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा.राजेन्द्र घिमिरेले कसैको स्वार्थपूर्तिको लागि नभै वीपीलाई सुधार गर्नको लागि जुटेको बताए । प्रतिष्ठान लुटिने र व्यापारी कमाउने हविगत बषौंदेखि चलिरहेको भन्दै उनले त्यसलाई अन्त्य गरिनुपर्ने बताए । ‘सुधार नभएसम्म आन्दोलन रोकिनु हुदैन, कमसे कम वीपीले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्छं, वीपीको ल्याबबाट सबै टेष्ट हुनुपर्छ,’डा.घिमिरेले भने,‘ हामी सबैको सपना वीपीलाई सफा हेर्ने, स्वच्छ हेर्ने हो । यहाँबाट राम्रो रिचर्स निस्कियोस्, राम्रो विद्यार्थी निस्कियोस्, वीपीबाट विरामीले सेवा पाएर जादा गर्व गर्ने ठाउँ होस्, यसैमा हामी पनि गर्व रहन्छौं, संस्था रहे न हामी रहन्छौं ।’

bp-andolan1 1

वीपी प्रतिष्ठानस्थित चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका अध्यक्षसमेत रहेका डा.विष्णु पोखरेलले आर्थिक अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराएपछि उपकुलपति डा.ज्ञानेन्द्र गिरीले उनलाई स्पष्टीकरण सोधेका थिए । बेथितीको विरोध गर्नेलाई चुप लगाउन स्पष्टीकरण सोधेको भन्दै चिकित्सक, विद्यार्थीहरुले ६ दिनदेखि आन्दोलन शुरु गरेका थिए । उक्त आन्दोलनमा कर्मचारी र स्टाफ नर्सहरुले पनि समर्थन जनाउदै संयुक्ता आन्दोलन गरिरहेका छन् । हरेक बिहान उपकुलपति कार्यालयअघि भेला भएर विरोध सभा गर्ने र र्याली पनि भइरहेको छ । 

bp-andolan3

भिडियो: