धरान: कोरोना संक्रमणको दर झापा जिल्लाकै सबैभन्दा बढी देखिए पछि दमक नगरपालिकामा सोमबारदेखि पुर्णलकडाउन गरिने भएको छ । 

मेयर रोमनाथ ओलीको अध्यक्षतामा शनिबार बसेको नगरस्तरीय कोभिड रोकथान तथार नियन्त्रण समन्वय समिति बैठकले सोमबारदेखि एक सातासम्म पुर्ण एवं कडा लकडाउन गर्ने निर्णय गरेको हो । दमकका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार एक हप्तासम्म कडा खालको लकडाउन गर्ने सर्वदलीय निर्णय भएको हो । 

झापा जिल्लामै सबैभन्दा बढी संक्रमण दमकमा भएकोले एक साता कडा लकडाउन गर्ने निर्णय भएको उनले बताए । 'कसैलाई पनि घर बाहिर निस्कन नदिने, व्यापार व्यवसाय सबै बन्द गर्ने निर्णय भएको छ । अस्पताल र औषधी पसल मात्र खुल्ने हो,'तिम्सिनाले भने ।