धरान: धरानको सडकमै ढाकिने तथा फोहोर बनाउने गरि सञ्चालन भएको ग्यारेज एवं वर्कसपहरुलाई व्यवस्थित गर्न अटो जोन निर्माण गरिने भएको छ । 

धरान उपमहानगरपालिकाले वडा नं १५, ६ र ५ को सिमाना पर्ने सेउती खोला पश्चिमपट्टी करिब २ बिघा जग्गामा अटो जोन बनाउने योजना अघि सारेको हो । मेयर तिलक राईले आइतबार नवदुर्गा अटो प्यालेसमा सुजुकी बिएस सिक्स एक्सेस स्कुटर लञ्च गर्दै अटो जोनको योजनाबारे जानकारी दिएका हुन् । उनले धरान अटो हब भएको उल्लेख गर्दै यातायातका सवारीसाधनहरुलाई व्यवस्थित गर्नु चुनौती भइरहेको पनि बताए।

मेयर राईले बाटोमा सञ्चालन भइरहेको गाडी सभिसिङ तथा वर्कसपहरुलाई व्यवस्थित गर्ने गरि अटो जोन बनाउन चालु आर्थिक बर्षमा बजेट विनियोजन गरिएको बताए । ‘धरानको वडा १५, ६ र ५ को बीचमा पर्ने मदन भण्डारी राजमार्ग जाने बाटोको पुर्वपट्टी र सेउती खोलाको पश्चिमपट्टी लगभग १, २ बिघा जमिन उकाश गरेर सिमेन्टको वाल लगाउछौं, र बाढी नियन्त्रण गछौ,’मेयर राईले भने,‘त्यहाँ जग्गा निकालेर अटो जोन बनाउछौ । अहिले बाटोमा गाडीहरु सर्भिसिङ, वर्कसप चलिरहेको छ । सडक साँघुरो र नराम्रो देखिएको छ । त्यसैले यसपाली उपमहानगरपालिकाले अटो जोन निर्माण गर्दैछ ।’

मेयर राईले अटो जोनमा सबै ठुला सवारीसाधनहरु पार्किङ हुने र त्यही वर्कसपको व्यवस्था पनि गर्ने बताए । उनले भने,‘त्यही निर्माण, खोल फिटिङ हुन्छ । हामी क्यान्टिन पनि खोलिदिन्छौं । सम्पुर्ण सवारीसाधानहरु पार्किङ हुन्छ । यसले धरानको सुन्दरता पनि थपिन्छ।’ 

भिडियो: