धरान: नेकपा एमाले प्रदेश नं १ को संसदीय दलको नेतामा सांसद भीम आचार्य चयन भएका छन् ।

आज बिहान बसेको दलको बैठकमा मुख्यमन्त्री पदबाट शेरधन राईले राजिनामा दिएका छन् । उनको राजिनामा पश्चात बैठकले संसदीय दलको नेतामा आचार्यलाई चयन गरिएको प्रदेश सांसद विमल कार्कीले जानकारी दिए । उनले भने,‘मुख्यमन्त्रीले राजिनामा दिनुभयो, त्यसपछि बैठकले भीम आचार्यलाई संसदीय दलको नेता चयन गर्यौं ।’

बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै मुख्यमन्त्री राईले पार्टी एकतालाई ध्यान दिदै, एमालेको वर्चश्व तथा प्रभाव कायम राख्न र सरकार सुरक्षित ढंगले अघि बढाउन दलको नेताबाट राजिनामा दिएको बताए । साथै उनले आफुले नै संसदीय दलको नेताकोरुपमा भीम आचार्यलाई प्रस्ताव गरेर चयन गरेको पनि जानकारी दिए । ‘यी तमाम बिषयलाई ध्यानमा राखेर संसदीय दलको नेताबाट राजिनामा गरेको छुँ, र दलको नेताकोरुपमा मेरो प्रस्तावमा भीम आचार्य चयन हुनुभएको छ । उहाँलाई भावी मुख्यमन्त्रीकोरुपमा प्रस्ताव गरिएको छ,’मुख्यमन्त्री राईले भने ।