धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान केहीबेर तनावग्रस्त बनेको छ ।
ओपिडी सेवा ठप्प हुने गरि संयुक्त संघर्ष समितिले आन्दोलन गरेपछि नेकपा एमाले, राप्रपा र संघीय लिम्बुवानले त्यसविरुद्ध प्रर्दशन गर्ने क्रममा तनावग्रस्त बनेको हो । राजनीतिक दलहरुले संघर्ष समितिले उपकुलपति कार्यालयमा लगाएको तालासमेत तोडेको छ । त्यसक्रममा प्रहरीसँग भिडन्तसमेत भएको थियो । केही प्रहरी घाइते भएका छन् भने उपकुलपति कार्यालयको ताला फोड्ने क्रममा राजनीतिक दलका कार्यकर्तासमेत शिशाले हात काटेर घाइते भएका छन् ।
एमाले धरान अध्यक्ष हर्क एभेङले ओपिडी सेवासमेत अवरुद्ध गरेर विरामीहरुलाई दुःख दिएकोले त्यसविरुद्ध आवाज उठाएको बताए । उनले विरामीहरुमाथि अन्याय नगर्नसमेत आन्दोलनरत पक्षलाई आग्रह गरे । संघीय लिम्बुवानका जिल्ला अध्यक्ष अमर इजमले पनि सुद्धिकरण आन्दोलनप्रति समर्थन रहे पनि उपचार सेवा ठप्प नगर्न आग्रह गर्दा पनि नमानेपछि विरोधमा उत्रिएको बताए ।
भिडियो: