धरान: धरानको फुस्रोमा भएको आगलागी पुर्णरुपमा नियन्त्रणमा आएको छ । 

प्रहरी, सशस्त्र प्रहरी, सेना, स्थानीयबासी र दमकलको प्रयासमा आगलागी पुर्णरुपमा नियन्त्रणमा आएको हो । आगो समयमा नै नियन्त्रणमा आएकोले ठुलो क्षति हुन नपाएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनले भने,‘ग्याँस सिलिण्डर पड्केको भए झन् ठुलो क्षति हुने थियो, तर समयमा नै नियन्त्रणमा आयो ।’

ago8

फुस्रे चोकस्थित उत्तम श्रेष्ठको घरमा आगलागी भएको थियो । श्रेष्ठको घरमा पसल समेत सञ्चालनमा छ । आज भने घरमा बुहारी मात्र थिइन् । पेट्रोल पनि बिक्री गर्दै आएका श्रेष्ठले घरमा पेट्रोल पनि स्टक राख्ने गरेका थिए । सोही पेट्रोल सार्ने क्रममा अकास्मत किचनको ग्याँसमा सल्किएर आगलागी भएको प्रारम्भिक जानकारी आएको डिएसपी कुँवरले बताए ।

ago3

आगलागीबाट एक लाख जति क्षति भएको प्रारम्भिक विवरण आएको पनि उनले बताए । ‘पसलमा पेट्रोल सार्दै गर्दा अकास्मत आगो सल्किएको रहेछ, किचनको नजिकै पेट्रोल भएर हुनसक्छ,’डिएसपी कुँवरले भने । आगो नियन्त्रणको लागि गएको पहिलो दमकल फुस्रे चोक नजिकै पुगेर बिग्रिएको थियो । केही समयपछि अर्को दमकल पुगेर आगो नियन्त्रणमा मद्दत गरेको थियो । 

भिडियो: