धरान: वचतकर्ताहरुको रकम संकलन गरेर फरार भएका धरानको भविष्य वचत तथा ऋण सहकारी संस्था अध्यक्षसहित जिम्मेवार पदाधिकारीहरुलाई कानुन वमोजिम कारबाही गर्न धरान उपमहानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ । 

दुई दिनयता पीडित वचतकर्ताहरुले निरन्तर ताकेता गरेपछि सोमबार उपमहानगरले ईलाका प्रहरी कार्यालय धरानलाई पत्राचार गरेको हो । उपमहानगरको आर्थिक विकास महाशाखा प्रमुख एवं सहकारी विकास समितिका सदस्य सचिव भक्तिराज शर्माले पीडित वचतकर्ताहरुको पैसा फिर्ता गर्ने भनेपनि सम्पर्कमा नआएपछि कानुन वमोजिम आवश्यक कारबाही गर्न ईलाका प्रहरी कार्यालय धरानमा पत्राचार गरेको जानकारी दिए । ‘अध्यक्षसँग बारम्बार फोनमा पनि ताकेता भयो, उहाँले आएर मिलाउछु भनेर भन्ने तर नआउने भएपछि आज ईलाका प्रहरी कार्यालयलाई ऐन वमोजिम कारबाही प्रक्रियाा अघि बढाउन पत्र पठाएका छौ,’उनले भने ।

bhawisya3 1

पीडित वचतकर्ताहरुले निवेदन दिएको आधारमा छानबिन समिति पनि गठन गरेको तर उक्त समितिलाई सञ्चालक र सहकारीहरुले सहयोग नगरेको कारण प्रतिवेदन पनि यथार्थ आउन नसकेको उनले जानकारी दिए । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले पीडितहरुले अझै पनि जाहरी नदिएको बताएका छन् । तर, उपमहानगरले पठाएको पत्र प्राप्त भएकोले सरकारी वकिलसँग परामर्श गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उनले बताए । 

सोमबार उपमहानगरपालिकामा भेला भएका पीडितहरुले नाम र वचत गरेको रकम संकलन गरेका थिए । त्यसक्रममा करिब २९ लाख रुपैया हिसाब देखिएको थियो । अझै धेरै संख्यामा पीडितहरु आउन बाँकी रहेकोले वास्तविक हिसाब नदेखिएको धरान १७ का वचतकर्ता सरोज राईले जानकारी दिए । उनले भने, 'अझै धेरै आएका छैनन् । हिसाब धेरै नै छ ।'

भिडियो:

bhawisya5

bhawisya4

bhawisya2 1