धरान: सुनसरी प्रहरीले नेपाल भारत सिमा क्षेत्रमा पर्ने देवानगञ्ज ४ यादव टोलबाट वरामद गरेको १८० केजी गाँजा सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिहिबार पत्रकार सम्मेलन गर्दै प्रहरीले गाँजा सार्वजनिक गरेको हो । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय देवानगन्ज, प्रहरी चौकी कप्तानगन्ज र बि.ओ.पि. कप्तान्गन्जको संयुक्त टोलीले आकस्मिक चेकिंगको क्रममा उक्त परिमाणको गाँजा वरामद गरेको हो । प्रहरीका अनुसार मोटरसाइकलमा अघि अघि सन्तोषकुमार मेहता रहेका थिए भने उनीभन्दा करिब ५० मिटर पछाडी आउँदै गरेको ट्याक्टर 'भारतमा पराल ल्याउन जानु पर्नेछ, छाडी दिनु; भन्दै कुराकानी गरिरहेका थिए ।

सोही क्रममा ट्याक्टरका चालकले ईन्जिन खोलेर ट्रली त्यही छोडेर ईन्जिन मात्र लिएर गएका थिए । ट्याक्टर चालक भागेको देखेर मोटरसाईकल चालक मेहता पनि भाग्न खोजेका थिए । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए । प्रहरीले ट्रलीभित्र फल्स बेस बक्स बनाएको भेटेपछि बेस बक्सको नटबल्टु खोलेर हेर्दा त्यसभित्र सेतो रंगको प्लाष्टिकको ९० बटा पोका फेला परेको थियो । उक्त पोका तयारी अवस्थाको गाँजा जस्तो देखिने पदार्थ फेला परेको र प्रत्येक पोकाको तौल २ केजी रहेको पाईएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ९० पोकामा २ केजीको दरले १८० केजी गाँजा वरामद भएको छ । 

प्रहरीले ट्याक्टरको ट्रली, मोटरसाइकलमा सवार मेहता र उनले प्रयोग गरेको को.२९.प.८४८६ नम्बरको मोटरसाईकल तत्कालै नियन्त्रणमा लिएको थियो । ईलाका प्रहरी कार्यालय देवानगञ्जको प्रहरी निरीक्षक बद्रीबिक्रम दाहालको कमाण्डमा टेक्टरको ईन्जिन खोजी गर्न परिचालन भएको थियो । उक्त टोलीले सो टेक्टरको ईन्जिन प्र-१-०४-००१ त ०६६६ देवानगन्ज–४ कौवाखोजस्थित बाँसको झाँङमा लुकाई राखेको अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका मेहता विरुद्द लागुऔक्षध नियन्त्रण ऐन २०३३ अनुसार सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।