धरान: नेकपा माओवादी केन्द्र धरानको दोस्रो सम्मेलन धरान १५ स्थित होटल इजी राइडरमा जारी छ । 

सम्मेलनको उद्घाटन सत्र सकिएर बन्द सत्र शुरु भएको छ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेताहरुले माओवादी केन्द्रलाई विचार र संगठात्मकरुपमा एकतावद्ध र सशक्त बनाएर लैजानुपर्ने बताए । प्रमुख अतिथि एवं केन्द्रीय सदस्य किरण राईले माओवादीको कारण नै वर्तमान राजनैतिक व्यवस्था ल्याएको बताए । यो व्यवस्थालाई बचाउदै विकसित गर्ने कार्यभार पनि माओवादी केन्द्रलाई नै बढी भएको उनको धारणा थियो । माओवादी आन्दोलनकै कारण वर्गीय, क्षेत्रीय, जातीय, लिंगिय आधारमा हुने विभेद अन्त्य भएको पनि नेता राईले बताए । 

mao1

अर्का, माओवादी नेता मुक्साहाङ मेन्याङ्बो(मुकेश)ले सिद्धान्त र विचार विनाको पार्टी नहुने भन्दै उनले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीलाई नयाँ विचार र सिद्धान्त दिइने बताए । जनयुद्धको बेला माओवाद र प्रचण्डपथको विचार अंगीकार गरेको उल्लेख गर्दै उनले त्यसैको जगमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि जिकिर गरे । तर, उनले पार्टी एकताको नाममा २०६५ सालमा प्रचण्डपथ र एमालेसँग एकता गर्दा २०७५ मा माओवाद विचार र सिद्धान्त छोडेपछि के हुन्छ, के भइरहेको छ भन्ने जवाफ राष्ट्रिय सम्मेलनमार्फत दिइने पनि बताए ।

नेता अइन्द्रबिक्रम बेघाले माओवादीले लडेर ल्याएको परिवर्तन, राजनैतिक व्यवस्थाको दायित्व गर्ने जिम्मेवारी पनि माओवादी पार्टीकै भएको बताए । उनले माओवादीको जोडवलमा जनताको शासन आएको भएपनि माओवादीले गरेको त्याग र वलिदानको अपमान भइरहेको भन्दै माओवादी विरुद्ध चोक र गल्लीहरुमा बिषय वमन भइरहेको बताए । माओवादीले जनताको व्यवस्था ल्याए पनि जनतालाई अनुभूत हुने गरि व्यवस्थालाई कार्यान्वयन हुन नदिन , यथास्थितिवादी, प्रतिक्रियावादीहरुले गर्दा भ्रम पैदा गरिरहेको नेता बेघाले बताए ।

mao2

यसैगरि, नेता अशोक राईले पार्टीभित्रको थुप्रै मनोविज्ञान र विचारहरुलाई ठाउँ दिदै एकताको भावना विकास गर्नुपर्नेमा जोडदिए । उनले कांग्रेसका कोही नेता, कार्यकर्ताले एउटा चुनाव लडेर हार्दैमा पार्टी नछोड्ने तर माआवादीले चुनाव लड्दा भोलीपल्टदेखि पार्टीमा नरहने प्रवृत्ति भएकोमा उनले चिन्ता व्यक्त गरे । व्यवस्था परिवर्तनको लागी त्याग र वलिदान गरेको पार्टी खुम्चदै गएकोप्रति गम्भीर समिक्षा गर्नुपर्ने पनि उनले बताए । पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोडदिदै उनले पार्टी छोडेर फलाना गए पनि जाओस् भन्ने भावना त्यागेर एकतावद्ध हुन पनि अपिल गरे । यस्तै, नेता चोत्लुङले देशको समृद्धिको लागि माओवादीले नेतृत्व गर्न जरुरी रहेको बताए । उनले धरान, प्रदेश र संघको निर्वाचन जित्ने गरि सशक्त नगर कमिटीको नेतृत्व चुनिन आवश्यक भएको पनि बताए । 

भिडियो:

mao6

mao4

mao3

mao5