धरान: छैटौ टुबोर्ग हराईजन राष्ट्रिय बास्केटवल कप यही चैत ५ गतेदेखि हुने भएको छ । 

धरान १७ स्थित हराईजन क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत ५ गतेदेखि ११ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगिता श्री घोपा माध्यमिक विद्यालयको बास्केटवल कोर्ट (खेल मैदान)मा हुनेछ । क्लबका अध्यक्ष बसन्त राईका अनुसार प्रतियोगितामा देशभरबाट ८ वटा टिम सहभागी हुनेछ। 

प्रतियोगितामा प्रदेश १ बाट आयोजक हराईजन क्लब र ब्रर्दश क्लबसहित विर्तामोड बास्केटवल क्लब झापा र विराटनगर बास्केटवल एकेडेमी मोरङ सहभागी हुनेछ भने त्रिभुवन आर्मी क्लब, जिल्ला बास्केटवल संघ रुपन्देही, रोयल बास्केटवल एकेडेमी काठमाण्डौं र टाइम्स बास्केटवल क्लब काठमाण्डौं पनि सहभागी हुने अध्यक्ष राईले जानकारी दिए । 

horizan1

प्रतियोगिताको विजेताले रनिङ ट्रफीसहित नगद १ लाख ११ लाख १ सय ११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया हात पर्नेछ । नगद पुरस्कार राशी थप गरिएको अध्यक्ष राईले बताए । अघिल्लो सँस्करणमा प्रथम पुरस्कार १ लाख र उपविजेताको पुुरस्कार ५० हजार मात्र रहेको थियो । 

यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार पाउनेछन् भने उदयीमान खेलाडीले ५ हजार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचलाई पनि नगद पुरस्कार दिइनेछ । प्रतियोगिताको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि(टुबोर्ग वियर), सहप्रायोजक धरान १७ समाज हङकङ, धरान समाज युके रहेको छ । 

२०६९ सालदेखि शुरु भएको प्रतियोगिताको पहिलो सँस्करण र दोस्रो सँस्करण आयोजक हराईजन क्लबले जितेको थियो भने २०७३ र २०७५ मा इमोर्टल्स क्लब धरान विजेता भएको थियो । २०७७ को पाँचौ सँस्करणमा नेपाल आर्मी काठमाण्डौं विजेता भएको थियो ।