धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानको मेयरमा ५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपमेयरमा उम्मेदवारी दिनेको संख्या ४ पुगेको छ । 

धरानको निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता गर्ने पहिलो दिन आइतबार एक स्वतन्त्रसहित ५ जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा हर्क साम्पाङ राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै, मेयरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर बहादुर लिम्बुले पनि उम्मेद्वारी दर्ता गराएका छन् । 

यसैगरि, राष्ट्रिय जनमुक्ति पार्टीबाट मेयरमा राजेश कुमार राईले उम्मेद्वारी दिएका छन् भने मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट दिर्पा कुमारी राईले पनि उम्मेदवारी दिएकी छिन् । मौलिक जारेकिलो पार्टीबाट पनि मेयरमा रेणुका बिकले उम्मेदवारी दिर्ता गरेकी छिन्। 

election-candidate

उपमेयरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सरस्वती सुब्बाले उम्मेद्वारी दर्ता गराएकी छिन् । निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय जनमुक्ति पार्टीबाट श्यामकुमारी तामांग उपमेयरको उम्मेद्वार दर्ता गरेकी छिन् । यस्तै, मौलिक जारेकिलो पार्टीबाट हेमकुमार दाहालले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् भने दत्तकुमार लिम्बुले पनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  

यस्तै, विभिन्न ८ वटा वडामा वडाअध्यक्षका उम्मेदवारले पनि उम्मेद्वारी दर्ता गराएका छन् । वडा नं १ मा विहानसिं श्रेष्ठले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने वडा ११ मा बबी राई, वडा ७ मा अशोक राई, वडा ६ मा भुपेन्द्र भट्टराई, वडा १५ मा मिनेन्द्र कार्की धोली र वडा १७ मा रसिक लिम्बु थेवेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । धेरैले उम्मेद्वारीको लागि फारम भर्न लगेको कारण अझै संख्या बढ्न सक्ने कार्यालयले जनाएको छ । आज स्वतन्त्र र साना दलहरुलाई उम्मेदवारी दर्ता गराएका हुन् भने भोली ठुला दलहरुले दर्ता गराउने भएका छन् । 

harka-sangpang1