धरान: स्थानीय तह निर्वाचन शुक्रबार (बैशाख ३० ) गते देशभर हुदैछ । 

शुक्रबार बिहान ७ बजदेखि मतदान शुरु गर्ने सबै तयारी पुरा भइसकेको छ । यसपाली सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपा र नकेपा एकीकृत समाजवादीले देशको अधिकांश ठाउँमा चुनावी गठबन्धन गरेका छन् । धरानमा पनि मेयर र उपमेयरमा ४ दलीय गठबन्धन गरेको छ भने नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

voting2

गठबन्धनबाट मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रको उम्मेद्वार छन् । चार दलको गठबन्धन भएकोले मतदाताहरु झुक्किने र धेरै मत वदर हुने अनुमान गरिएको छ । बिहिबार मतदानको बिषयमा धरानस्थित निर्वाचन अधिकृतको कार्यालयमा मत कसरी वदर हुन्छ ? कसरी मत वदर हुन नदिने ? भनेर छलफल भएको थियो । निर्वाचन अधिकृत पुष्करराज नेपाल र सहायक अधिकृत गणेशप्रसाद खतिवडाले सर्वपक्षीय तथा सर्वदलीय बैठकमा जानकारी गराएका थिए । हेरौ भिडियोमा: