धरान: धरानको वडा नं २ को मतगणनाको अन्तिम परिणाम घोषणा भएको छ ।
निर्वाचन अधिकृत पुष्करराज नेपालले अन्तिम मतपरिणा घोषणा गरेका हुन् । वडा २ मा एमालेबाट वडाअध्यक्ष रमेश राई र एक जना सदस्य समिर राई विजयी भएका छन् । वडाअध्यक्षमा विजयी राईले ७४८ मत ल्याएका छन् भने पराजित कांग्रेसका उम्मेद्वार सुधिरसिंह लिम्बुले ६२७ मत पाएका छन् । यसैगरि, एमालेबाट विजयी समिर राईले ६६० मत पाएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका अजय राईले ६५५ मत पाएका छन् ।
यस्तै, दलित महिला सदस्यमा बुनु शंकरले ६८० मत पाएर विजयी भइन् भने एमालेका उम्मेद्वारले ६५५ मत पाएका छन् । यस्तै, महिला खुला सदस्यमा कांग्रेसकी उम्मेद्वार सन्ध्या श्रेष्ठले ६८४ मत पाएर विजयी भइन् भने प्रतिद्धन्दी एमालेकी उम्मेद्वारले ६६७ मत पाइन् । कांग्रेसका दिनेश अग्रवालले ६९१ मत ल्याएर विजयी भएका छन् भने प्रतिद्धन्दी एमालेका उम्मेद्वारले ६२८ मत पाए ।
यसैगरि, मेयरमा गठबन्धनबाट उम्मेद्वार किशोर राईले वडा नं २ बाट ५४८ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ३७९ मत पाएका छन् । एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ३७५ मत पाएकी छिन् भने राप्रपाले ६४ मत पाएको छ ।
उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ६६९ मत पाउदा एमालेका उम्मेद्वार पदम इस्वोले ४४८ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार दत्तकुमार लिम्बुले ५६, राप्रपाका उम्मेद्वारले ६३ मत पाएका छन् ।