धरान: शनिबार बिहानदेखि शुरु भएको मतगणना तीन दिन बितिसक्दा सोमबार राती ९ बजेसम्म १३ हजार ६४५ मत मात्र गणना भएको छ । सुस्त गतिमा भइरहेको मतगणनाको परिणाम सार्वजनिक हुँदा सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा फरक फरक तथ्यांक आइरहेको छ ।
वडाका उम्मेद्वाहरुले पाएको मतमा समस्या छैन, तर मेयर र उपमेयरका उम्मेद्वाहरुको मत सबै वडाको गणना गरेर जोड्नुपर्ने भएकोले फरक फरक मतको तथ्यांक बाहिरिएको छ । हालसम्म वडा नं १, २, ३ र ४ वडाको मतगणना सम्पन्न भइसकेको छ भने वडा ५, ६, ७ र ८ को मतगणना जारी छ । हालसम्म वडा नं ५ को २५ सय, वडा ६ को २५ सय, वडा ७ को ९ सय र वडा ८ को ६ सय मतगणनाको नतिजा मात्र सार्वजनिक भएको छ ।
मतदाता एवं राजनीतिक दलका कार्यकर्ताहरुलाई अहिले मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राई, एमोलकी उम्मेद्वार मञ्जु भण्डारी र स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङको मतबारे अत्यधिक चासो छ । यस्तै, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघा र एमालेका उम्मेद्वार पदम इस्वोले प्राप्त गरेको मतबारे चासो छ । यहाँ हामीले मेयरका तीन उम्मेद्वार र उपमेयरका प्रतिस्पर्धी २ उम्मेद्वारले कुन वडामा हालसम्म कति मत पाए ? भनेर प्रष्ट्याएका छौ ।
गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले पाएको मत (हालसम्मको ४१२२):
वडा १ मा ७१४
वडा २ मा ५४८
वडा ३ मा ७२०
वडा ४ मा ५९६
वडा ५ मा ८००
वडा ६ मा ३६१
वडा ७ मा २७९
वडा ८ मा १०४
एमालेबाट मेयरका उम्मेद्वार मञ्जु भण्डारीले पाएको मत (हालसम्मको ३३३८):
वडा १ मा २५२
वडा २ मा ३७५
वडा ३ मा ४०७
वडा ४ मा ६२५
वडा ५ मा ५३२
वडा ६ मा ७७९
वडा ७ मा २१०
वडा ८ मा १५८
स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले पाएको मत (हालसम्मको ३३०८ ):
वडा १ मा ५२९
वडा २ मा ३७९
वडा ३ मा ५१४
वडा ४ मा २३५
वडा ५ मा ५१८
वडा ६ मा ६००
वडा ७ मा ३०५
वडा ८ मा २२८
एमालेबाट उपमेयरका उम्मेद्वार पदम इस्वाले पाएको मत (हालसम्मको ४००३ ):
वडा १ मा ३२०
वडा २ मा ४३९
वडा ३ मा ४९७
वडा ४ मा ७६१
वडा ५ मा ६८२
वडा ६ मा ८४१
वडा ७ मा २५६
वडा ७ मा २०७
गठबन्धनबाट मेयरका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले पाएको मत (हालसम्मको ४५८१):
वडा १ मा ६५५
वडा २ मा ६६९
वडा ३ मा ८२३
वडा ४ मा ६८०
वडा ५ मा ८८२
वडा ६ मा ३६४
वडा ७ मा ३३२
वडा ८ मा १७६