धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले नगरको नेतृत्व कसैलाई बायस गरेर नभै सबैसँग सहकार्य र सम्मान गरेर नै अघि बढ्ने बताएका छन् ।

धरानका निवार्चित कार्यपालिका सदस्यहरुसहित १०५ जना जनप्रतिनिधिहरु र कर्मचारीहरुसँगको बिहिबार आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर बेघाले यस्तो बताएका हुन् । सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा आयोजित कार्यक्रममा उपमेयर बेघाले धरानको सरकार कसरी चल्छ भन्ने चर्चा भइरहेको उल्लेख गर्दै वडा र नगर सरकारले नतिजा निकालेर यसरी चल्छ भन्ने देखाउनुपर्ने बताए ।

aindra-begha

उपमेयर बेघाले राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनको नेतृत्व मिलेर सबै भावनाहरुलाई जोडेर अघि बढ्ने बताए । उनले भावना, क्रियाकलापहरु, गतिविधि र नेतृत्व गर्ने शैली बायस नहुने पनि प्रतिवद्धता जनाए । उनले कसैलाई पेल्ने, होचो अर्घेलो गर्ने नभई सबैलाई सम्मान गरेर अगाडि बढ्ने पनि बताए ।

‘हाम्रो भावना, क्रियाकलापहरु, गतिविधिहरु, नेतृत्व गर्ने शैली बायस हुनेछैन,’उपमेयर बेघाले भने,‘सबैसँग सन्तुलन गरेर सम्बन्ध विस्तार गर्ने, सहकार्य गर्ने र सबै भावना जोड्ने हिसाबले हामी अघि बढ्छौ ।’ उपमेयर बेघाले सबैको भुमिका जोडेर अघि बढ्ने योजना बनाएको भन्दै कसैलाई पाखा लगाउने वा किनारा लगाउने हिसाबले अघि बढेमा धरान बनाउने अभियान सफल नहुने पनि बताए ।

parichaya

‘राजनीतिक नेतृत्व, कर्मचारीको नेतृत्वले सहीढंगले नगरलाई अगाडि बढाएर लैजानेछौं । कसैलाई बायस गरेर, कसैको भुमिकालाई विकेन्द्रीत गरेर हामी धरान बनाउने सोचेका छैनौं,’उनले भने,‘प्रष्ट हुनुस्, धरान बनाउने महान अभियान सञ्चालन गर्ने उद्घोष गरेर हिडेपछि कसैलाई पाखा लगाउछु, कसैलाई किनारा लगाउछुँ, कसैलाई अफेठेरो पारेर म मात्र अघि बढ्छु भन्ने भयो भने यो अभियान सफल हुदैन ।’

नेतृत्व र जनप्रतिनिधिलाई फुटाएर व्यक्तिगत व्यक्तिगत फाइदा पनि लिन सक्नेहरुसँग सर्तक रहदै नगर सरकार, वडा सरकार, आफ्नो जिम्मेवारी र भुमिका सफल बनाउन सबै लाग्नुपर्ने उपमेयर बेघाले बताए । ‘एकअर्काको परिपुरक भएर अघि बढनुपर्छ । वडा सफल भयो भने मात्र नगर सफल हुन्छ । हामी नयाँ ढंगले अघि बढ्छौं, अघिल्लो सरकारको योजना स्वामितव ग्राहण गर्दै नयाँ कायोजना र कार्यक्रम सृर्जना गरेर अघि बढ्ने उद्घोष गरेका छौं,’उनले भने ।

भिडियो: