धरान: आफ्नो स्वर्गीय बुबा–आमा पृथीबहादुर नेवाहाङ राई र जसमाया नेवाहाङ राईको स्मृतिमा छोरा–बुहारीले हङकङबाट खानेपानीको पाइप र फोहोर राख्ने डस्विन सहयोग गरेका छन् । 

मेयर हर्क साम्पाङको स्वच्छ धरान अभियान र खानेपानी आपूर्तिको अभियानको लागि धरान १८ (हाल हङकङमा) रहेका छोरा–बुहारी सविन नेवाहाङ राई र बुहारी सुजाता बान्तवा राईले सहयोग गरेका हुन् । उनीहरुले पठाएको सहयोग उनका कान्छा भाई अरविन नेवाहाङ र दिदी सुष्मा राईले मेयर साम्पाङलाई हस्तान्तरण गरेका थिए । उनका अनुसार १९ वटा पाईप र १३ वटा डस्विन गरि कुल ३ लाख १४ हजार ७ सय रुपैयाको सहयोग हस्तान्तरण गरिएको हो । 

dusbin1

मेयर साम्पाङले दाता दम्पत्तिप्रति आभार प्रकट गर्दै आफुलाई यो बर्ष धेरै भाग्यमानी महशुस गरेको बताए । उनले मनकारी, सहयोगी जनताको मेयर बन्न पाएकोले नेपालकै लक्की मेयर महशुस गरेको बताए । ‘म एउटा काम गर्छु भन्छु, जनश्रमदान दिनेदेखि सहयोग दिने जनताको साथ पाएको छुँ,’उनले भने,‘आज मात्रै ५,६ लाखको जिन्सी सहयोग पाएका छौं । अत्यन्त खुशी लाग्छ, यति सचेत, यति विकासप्रेमी जनताको नेतृत्व गर्ने सौभाग्य पाएँ ।’

मेयर साम्पाङले आफुले नराम्रो काम गरेको भए यति धेरै साथ, सहयोग जनताबाट नआउने भन्दै उनले थपे,‘ जनताले यति धेरै साथ सहयोग गर्नुभएको छ, त्यसैले म ठिक बाटोमा हिडिरहेको छुँ भन्ने लागेको छ । म सदैव यतिकै निष्ठा, इमानका साथ, संघर्षपुर्ण दैनिकीको साथ धराने जनताको सेवा सुविधाको लागि काम गर्नेछु ।’ 

dusbin2

धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलका अनुसार मेयर साम्पाङको अभियानको कारण देश विदेशबाट सहयोग आउदा बोर्डको धेरै बजेट जोगिने छ । उनका अनुसार ६३ एमएमको पाइप एक बर्षमा ८ किलोमिटर पाइप आवश्यक पर्ने देखिन्छ । तर, हिजो (आइतबार) र आज (सोमबार) मात्र १ किलोमिटर पाइप सहयोग आइसकेको उनले बताए । ‘यहीरुपमा पाइप आउने हो भने यो आर्थिक बर्ष पोलिथिन पाइप किन्नु नपर्ने अवस्था हुन्छ । पाइप धेरै महंगो पर्छ । त्यसो भएकोले पाइपबाट मात्र ३० लाख रुपैया वा त्यो भन्दा बढी पनि अर्को बर्षको लागि पनि बजेट वचत हुनसक्छ,’ उनले भने । 

भिडियो: