धरान: बराह सहकारीबाट सेयर सदस्य तथा वचतकर्ताहरुले सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न माग गर्दे आइतबार धरान उपमहानगरपालिकामा घेराउ र नाराबाजी गरेका छन् ।

सहकारी पीडित संघर्ष समितिको अगुवाईमा बिहान कार्यालय समयदेखि नै उपमहानगरपालिकामा भेला भएर घेराउ तथा नाराबाजी गरेका हुन् । उनीहरुले बराह सहकारीका सञ्चालकहरुको सम्पत्ति तत्काल रोक्का राख्नुपर्ने भन्दै निवेदनसमेत दिएका छन् । बराहले भदौ १६ गतेभित्र पैसा फिर्ता गर्ने वातावरण तयार गर्ने भनेपनि कुनै पनि पहल नभएको र फिर्ता हुने विश्वासको वातावरण पनि नबनाएको भन्दै संघर्ष समितिले स्थानीय सरकारलाई गुहारेको हो । 

baraha1

यसअघि, संघर्ष समिति सहकारी विभागमासमेत पुगेको थियो । विभागले स्थानीय सरकारलाई अधिकार भएको भन्दै धरान नै फर्काइदिएको थियो । त्यसपछि संघर्ष समितिले आइतबार पुनः उपमहानगरपालिकामा भेला भएर सञ्चालकहरुको सम्पत्ति तत्काल रोक्का हुनुपर्ने, विदेश जानबाट रोक लगाउनुपर्ने र न्याय दिलाउनुपर्ने माग गरेका थिए । 

मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले पीडितहरुलाई न्याय पाउने गरि नै काम अघि बढाउने बताए । यसकोलागि एक छानबिन समिति गठन गर्ने र समितिको प्रतिवेदनअनुसार थप कारबाहीको प्रक्रिया अघि बढाउने उनीहरुले बताएका थिए । पीडितहरुले भने न्याय दिलाउन ढिलाई भएको भन्दै उपमहानगर परिसरमा चर्को नाराबाजीसमेत गरेका थिए । 

भिडियो:

baraha2

baraha2