धरान: मेयर हर्क साम्पाङको खानेपानी योजना र स्वच्छ धरानको अभियानमा देश, विदेशमा रहेका नगरबासीहरुले निरन्तर साथ, सहयोग गरिरहेका छन् ।

आज पुनः धरान १२ की गंगादेवी सेरेङ लिम्बुले आफ्ना आफन्तहरुको नाममा सहयोग गरेका हुन् । उनले ससुरा स्वर्गीय विष्णुबहादुर आङ्बुहाङ, सासु स्वर्गीय मनमाया आङबुहाङ, श्रीमान् स्वर्गीय दिलिप आङबुहाङ र नन्द स्वर्गीय इन्द्रकुमारी आङबुहाङको स्मृतिमा १ लाख बराबरको खानेपानीको पाइप र ५५ हजार बराबरको २० वटा डस्विन पनि सहयोग गरेकी छिन् । 

donation2

यस्तै, आफ्नो जन्मदिने आमा बुबा स्वर्गीय मानध्वज सेरेङ लिम्बु र आमा आइतमाया सेरेङ लिम्बुको स्मृतिमा थप नगद ५० हजार पनि हस्तानन्तरण गरिन् । खानेपानी आयोजनाको लागि सिमेन्ट, बालुवा, रडलगायत सामग्री खरीद गर्न नगद पनि प्रदान गरेको दाता गंगादेवीले बताइन् । उनले गाडी भाडा १५ सय र खाजाको लागि पनि ६ हजार सहयोग प्रदान गरेकी थिइन् । उनले पाइप र डस्विन मेयर साम्पाङलाई हस्तान्तरण गरेकी थिइन् भने नगद खानेपानी प्रोजेक्ट मेनेजर दत्तकुमार लिम्बुलाईन प्रदान गरेकी थिइन् ।

प्रोजेक्ट मेनेजर लिम्बुका अनुसार वैदेशिक रोजगारीमा रहेका रोमन लिम्बुले पनि २९ हजार ६ सय ७७ रुपैया बराबरको ३ इञ्चको ८ पिस (४८ मिटर) पाइप पनि सहयोग गरेका छन् भने धरान ८ की संगीता राईले १ लाख बराबरको इञ्च पाइप २७ पिस (१६३ मिटर) पनि सहयोग गरेको जानकारी दिए । 

धरानलाई सभ्य, सुन्दर बनाउन चाहन्छौं: मेयर साम्पाङ

harka 3

मेयर साम्पाङले धरानलाई सभ्य र सुन्दर बनाउन आफुले चाहेको भन्दै दाताहरुले दिएको डस्विनलाई सहीरुपमा सदुपयोग गर्न नगरबासीहरुलाई आग्रह गरेका छन् । नकुहिने फोहोरहरु जथाभावी नफाल्न आग्रह गर्दै मेयर साम्पाङले धरानमा असल सँस्कारको विकास गर्न पनि आग्रह गरे । 

उनले सिगरेट पनि जथाभावी खान नहुने भाएकोले निश्चित ठाउँ तोक्ने काम पनि उपमहागनरले गर्ने बताए । ‘यो सहयोगहरु कसैको पैसा धेरै भएर दिनुभएको होइन, हामीले पनि टाइमपास गरिरहेका होइनौं,’उनले भने,‘हामीले केही गर्न चाहिरेका छौं । सभ्य, सुन्दर धरान बनाउन चाहिरको छौं । म एक्लैले हुदैन । सबै मैले गरेर हुदैन । मिलेर नै गर्ने हो ।’

donation1

मेयर साम्पाङले आफ्नो आलोचना भइरहे पनि आफु निरन्तर अघि बढीरहने बताए । आफुलाई विकासप्रेमी जनताको साथ निरन्तर हुनुपर्ने पनि उनले अपेक्षा गरे । ‘मेरो चुनावी प्रमुख एजेण्डा खानेपानी थियो, त्यसैले म निरन्तर लागिरहेकोछुँ, पानी खुवाउन । चुनाव जितेर मैले एजेण्डा विर्सने होइन,’उनले भने,‘मलाई जसले जे भने पनि, जति आलोचना भएपनि निरन्तर तीब्र गतिमा अघि बढीरहन्छुँ, विकास प्रेमी जनताको साथ हुनुपर्छ, पाइरहेकै छुँ ।’

भिडियो: