धरान: गत स्थानीय तह निर्वाचनको बेला मेयर हर्क साम्पाङले सुशासन र पारदर्शिताको कुरा पनि प्रमुखताका साथ उठाएका थिए । मेयर भएपछि उनले आफ्नो प्रतिवद्धतालाई क्रमशः पुरा गर्दै लगेका छन् ।

उनले धरान खानेपानी व्यवस्थापन बोर्डलाई पारदर्शि बनाउन आफ्नो चुनावी नारालाई कार्यान्वयनमा लगेका छन् । आज (शुक्रबार) उनले पत्रकार सम्मेलन गरेर गत आर्थिक बर्षमा खानेपानी बोर्डको आय र व्यय अर्थात हिसाब सार्वजनिक गरेका छन् । उनले बोर्डको हिसाब प्रत्येक ४ महिनामा सार्वजनिक गरेर सुशासन र पारदर्शी बनाउने आफ्नो योजना रहेको पनि जानकारी दिए । 

khanepani-board1

मेयर साम्पाङले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा बोर्डमा अघिल्लो बर्षको नगद मौज्दातसहित १५ करोड ४ लाख ५६ हजार ६ २२ रुपैया आय भएको छ भने खर्चनतर्फ १२ करोड ४७ लाख २३ हजार ८८४ रुपैया भएको छ । खर्च गरेर हाल राष्ट्रिय वाणिज्य बैंकमा ३ लाख ४३ हजार ४५१ रुपैया र माछापुच्छे बैंकमा २ करोड २२ लाख ९७ हजार ८८६ रुपैया नगद मौज्दात रहेको पनि मेयर साम्पाङले जानकारी दिएका छन् । 

मेयर साम्पाङका अनुसार एडिबिबाट लिएको ऋणको अझै ५४ करोड रुपैया तिर्न बाँकी छ । एक बर्षमा ६ करोडको दरले यो ऋण तिर्नुपर्ने हुन्छ । चाडै यो ऋण चुक्ता गरेर खानेपानीको महशुल घटाउने आफ्नो योजना रहेको पनि मेयर साम्पाङले बताए । उनले खर्च कटौती गर्न आफ्नो ध्यान केन्द्रीत रहेको खुलाउदै त्यसको लागि धेरै भएको कर्मचारी कटौतीदेखि विजुलीमा भइरहेको खर्च घटाउनलगायतमा ध्यान दिइरहेको पनि बताए । यस्तै, एडिबिको सहयोगमा शुरु भएको खानेपानी योजना (आइयुडिपी प्रोजेक्ट) असफल भएको दाबी गर्दै मेयर साम्पाङले भने,‘असफल भएकैले त म खोला खोल्सी धाउनु परिरहेको छ ।’

भिडियो:

khanepani-board2

khanepani-board3